२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आचार्य धरौटीमा थुनामुक्त

२० डिसेम्बर २०२१, काठमाडौं । धर्म प्रचारको झुठो अभियोगमा जिल्ला कारागार डोल्पामा थुनामा रहनुभएका पास्टर केशव आचार्य धरौटीमा रिहा हुनु भएको छ ।

श्रोतका अनुसार उच्च अदालत जुम्लाको आदेशले पास्टर केशव आचार्यलाई पहिलाकै धरौटीमा छोड्ने आदेश दिएको हो । पास्टर आचार्यको मुद्धा पुनरावेदन तहमा उच्च अदालत जुम्लामा चलिरहेको छ, साथै अदालतमा विचाराधिनमा रहेको मुद्धालाई प्रभावित पर्ने र पार्ने कुनै पनि कुरा सामाजिक संजालमा नराखिदिन हुन पास्टर केशव आचार्यको मुद्धामा संयोजन गरिरहेको कर्णाली उद्धार समूहले अनुरोध गरेको छ । कर्णाली उद्धार समूहका मदनजङ शाहले तुरहीसँग कुरा गर्दै पछिल्लो समय पास्टर आचार्य धरौटीमा रिहा भएपनि उहाँको मुद्धा विचाराधिनमा रहेको हुनाले प्रार्थना गरिदिनु हुन विश्वभरका नेपालीभाषी चर्चलाई आग्रह गर्नु भएको छ ।

आफ्नो श्रीमान् केशव आचार्य थुनामुक्त भएपछि खुशी हुँदै जुनु तिवारी आचार्यले उहाँको मुद्धा अझै पनि चलिरहेको हुनाले प्रार्थना गरिदिनु हुनु अनुरोध गर्नु भएको छ । उहाँका अनुसार पास्टर आचार्य हिजो नै जेलमुक्त भएर जुम्लास्थित उच्च अदालत जाँदै हुनुहुन्छ, उच्च अदालत जुम्लामा हाजिर भएर उहाँ केही दिनमा पोखरा कास्की पुग्नुहुनेछ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...