२ डिसेम्बर २०२१ । शालोम संगती नेपालको पास्टर देव श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै हिजो मंसिर १५ गतेका दिन तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
इम्मानुएल मण्डली कपनमा आयोजित सो साधारण सभालाई पास्टर प्रकाश तिरुवाले सञ्चालन गर्नु भएको थियो भने डिकन अजित दनुवारले आराधनामा अगुवाई गर्नु भएको थियो । प्रवचन पास्टर देव श्रेष्ठले धर्मशास्त्र बाइबलबाट दिनु भएको थियो । संस्थाको कार्यप्रगति विवरण पास्टर बिनोद कटवालले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन पास्टर राजेन्द्र आलेले प्रस्तुत गर्नु भएको थियो ।
सो सभालाई जेष्ठ पास्टरको हिसाबले पास्टर साइमन गुरुङ्गले सभापतित्व गर्नु भएको थियो । प्रमुख अतिथिमा गोठालो संगतिको वर्तमान अध्यक्ष पास्टर ईश्वरचन्द्र काप्री, बिशेष अतिथिमा पास्टर रुद्र राई र अतिथिहरूमा काठमाडौँ जिल्लाको पाँच वटा नगरपालिकाबाट नगर इसाई समितिका वर्तमान अध्यक्षहरूको सहभागिता थियो ।
सभामा पास्टर रुद्र राईले सबै पदाधिकारीहरूलाई धन्यवाद दिनु हुँदै कार्यसमिति विघटन भएको घोषणा गर्नु भई नयाँ नेतृत्व चयनको लागि मार्ग तयार गर्नु भएको थियो । युवा पास्टरहरूले नेतृत्वको जिम्मेवारी लिनुपर्छ भन्ने धारणका साथ सभाले चयन गरेको निर्वाचन मण्डलले प्रस्तुत गरेको नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई उपस्थिति सबैले सर्वसहमतिका साथ पारित गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा पास्टर देव श्रेष्ठ, उपाध्यक्ष पास्टर प्रकाश तिरुवा, सचिब पास्टर बिनोद कटवाल, सहसचिब पास्टर शरण शाही, कोषाध्यक्ष पास्टर दिपेन तमु, सहकोषाध्यक्ष पास्टर राजेन्द्र आले, सदस्य पास्टर गोपिलाल श्रेष्ठ, एल्डर सुरज देवाली, एल्डर युबराज बराईली चयन हुनुभएको छ ।
नवनियुक्त पदाधिकारीहरूलाई उपस्थिति सबै अतिथि गुरुजनहरूले बिशेष अभिषेकको प्रार्थना गर्नु भएको थियो, त्यस प्रार्थनाको अगुवाई पास्टर पुर्ण तामाङ्गले गर्नु भएको थियो । सहभागी अन्य अतिथिहरूले बधाई तथा शुभकामना दिनु भएको थियो । धन्यवादका शब्दहरू पास्टर रामशरण श्रेष्ठले राख्नुभएको थियो । पास्टर उत्तर राईको प्रार्थनाबाट शुरु भएको सभा पास्टर बिक्रम खड्कीको प्रार्थनाबाट अन्त्य भएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४