२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

जनजागरण पार्टीद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन तथा ध्यानाकर्षण सभा सम्पन्न

२५ नोभेम्बर २०२१, काठमाडौं । सरकारका भ्रष्ट र जनघाती कदमको विरोध, न्याय र लोकहितको सुनिश्चितता लगायतका माग राख्दै जनजागरण पार्टी नेपालले आज काठमाडौंको माइतीघर मण्डलामा एक शान्तिपूर्ण विरोध प्रदर्शन तथा ध्यानाकर्षण सभाको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता विदुर अधिकारीले सञ्चालन गरेको उक्त सभामा विभिन्न जल्दाबल्दा, जनजीविका, सुरक्षा, आस्था अभिव्यक्ति स्वतन्त्रता, दलित तथा उत्पीडित माथि गरिएको दमन, सुकुम्वासीहरूको समस्या लागयतका मुद्दामा सरकारको ध्यानकार्षण गराएको थियो ।

उक्त पार्टीको अभिवादन शालोमको अर्थ साँचो शान्ति, सम्वृद्धि र मिलाप भएको अर्थ खुलाउँदै कार्यक्रम उद्घोषक प्रवक्ताले नौवटा बुँदा पढेर सुनाउनुभएपछि, पार्टीका महासचिव रोशन खतिवडाले ती बुँदाहरूको व्याख्या गर्दै लोकतन्त्र र मानव अधिकारमाथि सबैतिरबाट गरिएको आक्रमणको विरोध गर्नुका साथै पार्टीको लोकतान्त्रिक र आर्थिक उदारवादी धारबारे संक्षिप्त रूपमा प्रकाश पार्नुभएको थियो । साथै धर्मगुरू केशव आचार्यलाई एउटै झुटो कसुरको अभियोगमा बारम्बार पक्राउ गरिएको र मुद्दा चलाइएकोमा समेत उहाँले आपत्ति जनाउनुभयो ।

त्यसपछि पार्टीका कार्यालय सचिव तथा स्थायी समिति सदस्य आनन्द बहादुर पिएमले उक्त कार्यक्रम गर्नु पर्नाको कारणबारे प्रकाश पार्नुभएको थियो भने दलको भूमिहीन सुकुम्वासी संगठनका संस्थापक अध्यक्ष काल बहादुर बिकले सुकुम्वासी र अस्थायी बसोवास गर्ने परिवारहरूले विद्युत महशूल युनिटको रू. २० तिर्नु पर्दा गरिबहरूमाथि थप अन्याय भएको कुरा जोडदार रूपमा उठाउनुभएको थियो ।

त्यसपछि मुस्लिम कल्याण संघका अध्यक्ष एम. डी. सतारले धर्मनिरपेक्ष राज्यको पक्षमा आफ्नो दलको अडान स्पष्ट पार्दै सरकारले विदेशी व्यापारीलाई जमिन दान दिने तर आफ्नै नागरिकलाई बेवास्ता गर्ने गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।

अन्त्यमा पार्टीका अध्यक्ष डा. बिपी खनालले नौ वटा बुँदाहरूमा नाराबाजीलाई नेतृत्व गर्दै यो कार्यक्रम त सुरूवात मात्र हो भनी चेताउनी दिँदै उक्त विरोध प्रदर्शन सभालाई समापन गर्नुुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...