२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

राष्ट्रिय जनगणना–२०७८ मा सक्रियताका साथ सहभागी हुन ख्रीष्टियन महासंघको आह्वान

काठमाडौं, १३ नोभेम्बर २०२१ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन सम्पूर्ण ख्रीष्टियन समुदायलाई अपिल गरेको छ ।

आज शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रिय जनगणना २०७८ सम्बन्धी बृहत्त सचेतना अन्तरक्रिया’ कार्यक्रमको आयोजना गर्दै महासंघले यस्तो बताएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह गर्नुभयो । उहाँले यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह पनि गर्नुभयो । हामी सबै मिलेर यसलाई सफल पार्छौं तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । यदि यसो गरियो भने हामीलाई यो जनगणना स्विकार्य हँुदैन । सबै धार्मिक समुदायको भावनालाई गणकले सम्मान गर्नुपर्छ । जनगणनामा पेन्सिलको प्रयोग भएकोप्रति आपत्ति जनाउँदै–अहिले कोही कोही व्यक्तिहरु हिन्दुको ९० प्रतिशत बनाउँछु भनेर लागेको भएतापनि हाम्रो धर्ममा कति मान्छे छन् भन्ने कुरा हामीलाई पनि थाहा छ । यदि त्यसो भयो भने हामी आफैले गणना गर्नेछौं ।’ नेपाली ख्रीष्टियन समुदाय र चर्चका लिडरहरुलाई उहाँले यो जनगणनाको बेलामा टोलटोलमा पहरेदार भएर बस्न पनि अपिल गर्नुभयो । उहाँले भन्नुभयो, ‘यदि खीष्टियन लेखिएको ठाउँमा अन्य लेखियो भने राष्ट्रिय ख्रीष्टियन महासंघमा खबर गर्नुहोस् । त्यसको लागि के गर्नुपर्छ हामी गर्नेछौं ।’

जनजाति महासघंका पूर्व महासचिव आङ्काजी शेर्पाले जबसम्म खुल्लामञ्चमा दशैंको फुलपातीमा हर्षबढाँई हुने, बाहुनले जनै फेर्दा तोप पड्काउने, हिन्दुको चाडबाडमा १५ दिन बिदा दिने तर अरुको चाडबाडमा दिएको एक दिनको बिदा पनि कटौती गरिन्छ तबसम्म हिन्दुको तथ्याङ्क घट्ने अनि मुस्लिम, ख्रीष्टियन र बुद्धिष्टको जनसंख्या बढ्छ भन्ने दिवासपना मात्र हो भन्नुभयो । अबको जनगणनाले ८६ प्रतिशत हिन्दुको जनसंख्या कायम राख्यो भने सबैले हातमा आगोको मुस्लो लिने र चारै दिशाबाट तथ्याङ्क विभाग जलाउनुको विकल्प आफूहरुसँग नभएको बताउनुभयो ।

नेपाली ख्रीष्टियन समाजको स्थिति २०२१ परियोजनाको प्रमुख धनराज घिमिरेले पनि आफ्नो धारणा राख्दै नेपाल सरकारले सुरु गरेको यो राष्ट्रिय जनगणना २०७८ सबैका लागि महत्वपूर्ण रहेको बताउँदै नेपाल सरकारले सबै धर्मलाई समान ढंगले व्यवहार गरिनुपर्छ । यो नै नेपाली ख्रीष्टियन समुदायको माग हो ।’ कसैको दबाबमा नपरेर जति संख्या रहेको छ त्यति नै तथ्याङ्कमा उल्लेख गर्न राष्ट्रिय तथ्याङ्क विभागलाई हाम्रो जोडदार अपिल छ ।’ गणकहरु घरदैलोमा जाँदा ख्रीष्टियन समुदायलाई सतर्क भएर हेर्न पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै जनसंख्या विज्ञ प्रा. डा. योगेन्द्र गुरुङले ख्रीष्टियनमा दलितहरु धेरै रहेको बताउँदै बुद्धिजम, मुस्लिममा पनि ठुलो जात र सानो जात भन्ने धेरै नै छ । त्यसैले जबसम्म यो जात व्यवस्थाबाट हामी बाहिर निस्किन सक्दैनौं । यो जनगणनामा पनि त्यसको रिफ्लेक्सन परेको बताउनुभयो । नयाँ संरचनामा गएपछि पहिलो जनगणना भएको हुँदा यो जनगणना समावेशी रहेको छ । यस्तै पहिलोपटक गणनाको इतिहासमा संसारमै कतै नहुने सामुदायिक प्रश्नावली रहेको छ । जुन एउटा वडामा एउटा भरिन्छ यो नौलो विषय हो । यस्तै यसपटक तथ्याङ्कमा स्तरियता हुन्छ ।’

इस्लाम सोसाइटीका अध्यक्ष नजुरेल हुसेनले केही ठाउँमा मान्छेको नाम मात्र लिएर अरु डाटा अफिसमा गएर भर्छु भनेर गणकहरुले लगेको भन्ने सुनिएको उल्लेख गदै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कसैले पेन्सिलले लेखेको भन्ने कुरा सुनिएको छ । यस्तो गर्नु गम्भिर गल्ती हो ।’ अर्को धर्मलाई कम देखाएर आफूहरु ठुलो भनेर अरुलाई सधैं दबाउने अपराधिक मानसिकताबाट निस्किनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो मानसिकता गणकमा नहोस् । यस्ता विकृति रोक्न आवश्यक रहेको छ । मानव–मानव बिचमा भेदभाव रहनु एकदम गलत हो, यसलाई हटाउनुपर्छ । हामीले यो अभियान आफूबाट सुरु गरौं ।

स्मरण रहोस् यो कार्यक्रम राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उपमहासचिव एवं प्रवक्ता उद्धव चिमौरियाले सञ्चालन गर्नुभएको हो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...