२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संयुक्त आराधना सेवा सम्पन्न

३० अक्टोबर २०२१, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय मण्डलीहरूको संयुक्त आयोजनामा आयोजित संयुक्त आराधना सेवा आज काठमाडौंको बसुन्धारास्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कोरोना भाइरसका कारण लामो समयसम्म भेटघाट, संगति र सभा सम्मेलन गर्न बन्देज गरिएको थियो भने यहि महामारीकोबिचमा हजारौंले आफ्नो ज्यान गुमाउनु पर्यो । तर अहिले कोरोना भाइरसको संक्रमण कम भएको र धेरैले कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाएको कारण देखाउँदै नेपालका पनि पहिले जस्तै जनजीवन सामान्य बन्दै गइरहेको छ । यहि अवसरमा आज काठमाडौं उपत्यकाका स्थानीय मण्डलीहरूको संयुक्त आयोजनामा विभिन्न मण्डलीहरूबाट ५०० जना भन्दा बढी व्यक्तिहरूको सहभागितामा संयुक्त आराधना सेवा सम्पन्न भएको हो ।

सो आराधना सेवाको सञ्चालन रेभ. डा. जोमेश ओडले सञ्चालन गर्नुभएको थियो भने पास्टर आमेन थापाले शुरुको प्रार्थना गरी यो संयुक्त आराधना सेवालाई सुरु गरिएको थियो । काठमाडौं क्यापिटल चर्चको क्वायर झुण्डले स्तुति प्रशंसाको भागलाई अगुवाई गरेको थियो भने रेभ. ईश्वरचन्द्र काप्रीले परमेश्वरको वचनबाट सिकाउनु हुँदै हामी परमेश्वरको सेवा गर्नबाट कहिल्यै चुक्नुहुँदैन भन्दै चुनौतीपूर्ण वचन बोल्नुभएको थियो । पास्टर पूर्ण रसाइलीले यस संयुक्त आराधना सेवा गर्न आवश्यक किन थियो भन्ने बारेमा प्रकाश पार्नु भएको थियो । सो आराधना सेवामा विभिन्न समसामयिक प्रार्थनाका विषयहरूमाथि विभिन्न पास्टरहरूले प्रार्थनामा अगुवाई गर्नुभएको थियो ।

अन्त्यमा पास्टर प्रेम कार्कीले यस आराधना सेवा सम्पन्न गर्न भूमिका खेल्नेहरू लगायत सहभागी सबैका लागि धन्यवाद दिनुभएपश्चात् अन्तिम प्रार्थना र आशिषको प्रार्थना गरिसकेपछि आराधना सेवा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...