२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

संयुक्त इसाई गोठालो संगतिको १६ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २४ अक्टोबर २०२१ । गत शनिबार कार्तिक ६ गतेका दिन संयुक्त इसाई गोठालो संगतिको १६ औं वार्षिक साधारण सभा काठमाण्डौ क्यापिटल मण्डली सामाखुसीमा सम्पन्न भएको छ ।

उक्त सभाले संयुक्त इसाई गोठालो संगतिलाई अझ असल र प्रभावकारी रूपमा अगाडि बढाउन रेभ. ईश्वरचन्द्र काप्रीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा रेभ. सोनाम टि. काबो चुनिनुभएको छ भने अन्य पदाधिकारीमा क्रमशः रेभ. डा. जोमेश ओड सचिव, पा. हरि के.सी सहसचिव, पा. पूर्ण रसाइली कोषाध्यक्ष, पा. डेभिड प्रसाई सहकोषाध्यक्ष त्यसैगरी पा. रामकृष्ण आले, पा. क्रिस श्रेष्ठ र पा. कर्ण बहादुर रोक्का सदस्य पदमा सर्वसम्मतिले चुनिनुभएको छ ।

पा. हरि के. सी.ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रेभ. कुमार गुरुङले सभापतित्व गर्नु भएको थियो भने प्रमुख अतिथि वक्ता रेभ. ईश्वरचन्द्र काप्रीले परमेश्वरको वचनबाट उत्साह बाँड्नु भएको थियो । यस संयुक्त इसाई गोठालो संगतिको वार्षिक प्रगति विवरण रेभ. डेभिड आचार्यले प्रस्तुत गर्नु भएको थियो भने वार्षिक आर्थिक विवरण पा. पूर्ण रसाईलीले प्रस्तुत गर्नुभएको थियो ।

उक्त साधारण सभामा संयुक्त इसाई गोठालो संगतिको महत्वको बारेमा रेभ. सोनाम टि. काबोले प्रकाश पार्नु भएको थियो भने निर्वाचन अधिकृतको भूमिका रेभ. रिता काबोले निर्वाह गर्नुभएको थियो । नवनियुक्त अध्यक्ष रेभ. ईश्वरचन्द्र काप्रीबाट धन्यवाद ज्ञापन तथा अन्तिम प्रार्थना गरेर उक्त साधारण सभा सम्पन्न भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...