
९ अगष्ट २०२१, गगन बि.क., कैलाली । आज मिति २०७८ साउन २५ गतेका दिन बसेको लम्कीचुहा नगर इसाई समाजको साधारण सभाबाट बिलिभर्स चर्चका पास्टर देवेन्द्र रानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ ।
सो साधारण सभाको कार्यक्रमको सुरुवातको प्रार्थना कर्णाली एजी चर्चका पास्टर जीत बहादुर वडले गरेर साधारण सभाको औपचारिक कार्यक्रम सुरु भएको थियो । जहाँ यस लम्कीचुहा नगरपालिकाभरिका ३२ वटा चर्चबाट ५० जना पास्टर तथा एल्डरहरूको सहभागिता रहेको थियो । नयाँ कार्यसमितिको लागि आशिर्वाद र कार्यक्रमको अन्तिम प्रार्थना पनि पास्टर जीत बहादुर वडले नै गर्नु भएको थियो ।
सर्वसम्मतिबाट अध्यक्षमा चयन भई सकेपछि पास्टर देवेन्द्र रानाले यस लम्कीचुहा नगर इसाई समाजलाई नयाँ उचाईमा पुर्याउने र ख्रीष्टियन जगत तथा समाज विकासका कामलाई पहिलो प्राथमिकता दिनेछु भनेर प्रतिवद्वता पनि जनाउनु भएको छ । कार्यक्रमको सञ्चालन लम्कीचुहा नगर इसाई समाजको समितिका सचिव तथा मिसन नेपाल बाइबल कलेजका प्रिन्सिपल सुरज सार्कीले गर्नु भएको थियो ।
स्मरण रहोस् गत मिति २०७६ साउन २५ गतेका दिन स्थापना भई आजको दिनसम्म निरन्तर ख्रीष्टियन जगतमा परमेश्वरको राज्य वृद्धि गर्नको लागि कार्यरत रहेको लम्किचुहा नगर इसाई समाजको २ वर्षे कार्यकाल सकिएर नयाँ कार्य समितिको चयन भएको हो ।