२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

सिएमएसको उपत्यका भेला सम्पन्न सुमित नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौं, ११ जुलाई २०२१ । ख्रीष्टियन मिडिया सोसाइटीको काठमाडौं उपत्यका भेला आज सम्पन्न भएको छ । सो भेलाबाट सुमित नेपालीको अध्यक्षतामा पछिबाट सचिव पद पदपूर्ति गर्ने गरी ९ सदस्यीय समिति निर्वाचित गरिएको छ ।

निर्वाचित सो समितिमा उपाध्यक्ष विश्वास थापा, सहसचिव कुमार अब्राहाम सुनाम, कोषाध्यक्ष विजय लुङ्गेली, र सदस्यहरुमा हरि जिज्ञासु, सञ्जय बर्मा, पुनम पञ्चाकोटी, सुनिलराज लामा रहनु भएको छ ।

ललितपुरको भैँसेपाटीमा आयोजना गरिएको सो भेलामा मिडिया प्रस्तुतिका साथै सामुहिक छलफलका साथै वर्कसप पनि गरिएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले ख्रीष्टियन समुदायको लागि निरन्तर आवाज उठाउने र मिडियाद्वारा परमेश्वरको महिमा हुने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

स्मरण रहोस् वि.सं. २०७३ सालमा ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्नको लागि ख्रीष्टियन मिडिया सोसाइटीको स्थापना भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...