२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बिलिभर्स इस्टर्न चर्चद्वारा एक सय घरपरिवारलाई राहत वितरण

काठमाडौं, ८ जुलाई २०२१ । कोभिड १९ को दोस्रो महामारीको लहरका कारण अति खाँचोमा परेका एक सय घरधुरीलाई बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठद्वारा राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ ।

बिलिभर्स इस्टर्न चर्च बुढानिलकण्ठका फादर दिपेश सुनुवारका अनुसार हिजो बुधबारका दिन बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ र सदस्यद्धय धनुमाया डंगोल र बविता रम्तेलको बाहुलीबाट एक सय घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो । राहत पाउनेहरू बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ अन्र्तगतका गर्भवती महिलाहरू, अशक्त र दैनिक ज्याला मजदुरी गर्ने वर्गकाहरू रहेका छन् ।

एक बोरा चामल, एक लिटर तेल र एक केजी दालको प्याकेज राहतस्वरुप वितरण गरिएको फादर दिपेश सुनुवारले बताउनु भयो । राहत बितरण कार्यक्रममा बुढानिलकण्ठ स्वास्थ्य महाशाखा नर्सिङ्ग इन्चार्ज सम्झना कुँवर, बुढानिलकण्ठ अखण्ड हरिनाम संकीर्तनका अध्यक्ष ध्रूब श्रेष्ठ र बुढानिलकण्ठ सुधार समाजका अध्यक्ष जीवन थापालगायतको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले गत वर्षको लकडाउनमा तथा अन्य समयमा पनि परेको प्राकृतिक प्रकोपमा बिलिभर्स चर्चबाट भएको अतुलनीय सहयोगको प्रशंसा गर्दै चर्चका फादर दिपेश सुनुवार र उहाँको मण्डलीलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा समेत यस्ता महामारीको सँगसँगै सामना गर्न आव्हान गर्नु भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...