२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

दुई पुस्तक लोकार्पण

४ डिसेम्बर २०२०, ललितपुर । लेखक कमल अधिकारीद्वारा लिखित ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ नामक छैटौं पुस्तक र विभिन्न सत्र लेखकहरूद्वारा लिखित तथा लेखक अधिकारीद्वारा सम्पादित ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’ नामक पुस्तकको लोकापर्ण आज सम्पन्न भएको छ ।

ललितपुरमा आयोजना गरिएको पुस्तक लोकापर्ण समारोहमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, लेखक तथा पास्टर लाजरस थुलुङ र बिदुर अधिकारीले सामुहिक रुपमा दुई पुस्तकको लोकापर्ण गर्नु भएको हो ।

 

कार्यक्रममा लेखक अधिकारीले ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ नामक पुस्तकका बारे प्रकाश पार्नु भएको थियो भने ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’ नामक पुस्तकका सम्बन्धमा सत्र जना लेखकमध्येका एक कविन श्रेष्ठले सो पुस्तकका बारेमा प्रकाश पार्नु भएको थियो । प्रतिज्ञा दुलालले सञ्चालन गर्नु भएको सो पुस्तक लोकार्पण कार्यक्रममा एनसिएसका महासचिव डिल्लीराम पौडेल र लेखक तथा पास्टर लाजरस थुलुङले पुस्तकका सम्बन्धमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।

 

कमल अधिकारीद्वारा लिखित ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ पुस्तकमा बाइबलका १ सय ५१ ओटा कठिन र विरोधाभासको सरल तरिकाले ब्याख्या गरिएको संगालो हो भने अर्को पुस्तक ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’मा विभिन्न विषयमा सत्र जना लेखकहरूद्वारा लेखिएको संगालो हो । यी दुवै पुस्तक ख्रीष्टियन रक्षाशास्त्रसँग सम्बन्धित छन् ।

 

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...