२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलन भर्चुअल विधि मार्फत हुने

काठमाडौं, २२ नोभेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गर्न लागेको दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको सम्बन्धमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा आगामी नोभेम्बर २७ तारिख (मङ्सिर १२ गते)का दिन भर्चुअल विधि जुम एप मार्फत नेपाली समयअनुसार बेलुका ५ः३० बजे महासंघको प्रवासी तथा गैह्र आवासीय विभागले आयोजना गरेको दोस्रो शिखर सम्मेलनका बारे जानकारी गराएको हो ।

सो पत्रकार सम्मेलनमा मण्डली समन्वय विभाग प्रमूख रेभ. पा. सोनाम काबोले सुरुको प्रार्थना गरी कार्यक्रम सुरु गरिएको थियो भने प्रवासी तथा गैह्र आवासीय विभागका प्रमूख पा. निमा घिसिङ्गले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको बारेमा जानकारी गराउनु भएको थियो । उपमहासचिब एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले कार्यक्रमको संचालन गर्नुभएको थियो भने विभागका प्रमुख पा. निमा घिसिङ्ग, सह प्रमुख डा. प्रकाश मेघी गुरुङ्ग, एसिया महादेश प्रमुख तथा विभाग सचिव रेभ. पा. राजु बराइलीले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनको सम्बन्धमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नु भएको थियो ।

सहअध्यक्ष तथा अन्तराष्ट्रिय विभाग प्रमुख रीता थापा काबोले दोस्रो अन्तराष्ट्रिय शिखर सम्मेलनमा महासंघका सबै पदाधिकारीहरु, सदस्यहरु, महादेश प्रमुखहरु, सद्भावदूतहरु तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीभाषी मण्डलीका पास्टर, अगुवा तथा मण्डलीका विश्वासीहरु र पत्रकारहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल गर्नुभएको थियो ।

पत्रकार सम्मेलनको अन्त्यमा सचिवालय संयोजक रेभ. प्रेम कार्कीले सबै सहभागीहरुलाई धन्यवाद दिनुभएको थियो भने सहकोषाध्यक्ष पा. आशा राईले अन्तिम प्रार्थना गरेर पत्रकार सम्मेलनको कार्यक्रम समापन भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...