२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको १३ औँ राष्ट्रिय भेलाका बारे जानकारी गराउन पत्रकार सम्मेलन

काठमाडौं, २३ सेप्टेम्बर २०२० । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले ‘हाम्रो अभियान, नेपाली ख्रीष्टियन समुदायको स्वभिमान र पहिचान’ भन्ने मुल नाराका साथ १३ औं राष्ट्रिय भेला आयोजना गर्न लागेको जानकारी ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी दिएको छ ।

     

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज ललितपुरको भैंसेपाटीस्थित क्वालिटी फूडल्यान्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मिति २०७७ साल असोज ११ गते तदानुसार २०२० सेप्टेम्बर २७ तारिख आइतबारका दिन भर्चुअल विधि जुम एप मार्फत नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे आयोजना गरिएको जानकारी गराएको छ ।

 

उक्त पत्रकार सम्मेलनमा अध्यक्ष सि.बि. गहतराजले १३ औँ राष्ट्रिय भेलामा महासंघका सबै पदाधिकारीहरू, सदस्यहरू, महादेश प्रमुखहरू, सद्भावदूतहरू तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली भाषी मण्डलीका पास्टर, अगुवा तथा मण्डलीका विश्वासीहरू र पत्रकारहरूलाई गरिमामय सहभागिताको लागि हार्दिक आमन्त्रण गर्नुका साथै सफलताका लागि प्रार्थना गर्न अपिल समेत गर्नुभएको छ ।

उपाध्यक्ष रेभ. बाबुराम हिङ्गमाङ्गले सुरुको प्रार्थना गरेर पत्रकार सम्मेलनको कार्यक्रम सुरु गर्नुभएको थियो भने उपमहासचिव एवम् प्रवक्ता रेभ. उद्धव चिमोरियाले प्रेस विज्ञप्ति वाचन गर्नुभएको थियो । उपमहासचिव पा. धनराज घिमिरेले १३ औँ राष्ट्रिय भेलाको सम्बन्धमा मन्तब्य राख्नु भएको थियो भने वरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले सबै सहभागीहरूलाई धन्यवाद दिनुहुँदै अन्तिम प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभएको थियो । उपाध्यक्ष तथा ३ नं प्रदेश संयोजक पा. कृष्ण परियारले कार्यक्रम कुशलताका साथ सञ्चालन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...