२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

‘जीवनको यात्रा युटुब’बाट गायिका सुस्मिता राई सम्मानित

२० सेप्टेम्बर २०२०, काठमाडौं । अमेरिकाबाट सञ्चालित ‘जीवनको यात्रा’ नामक युटुव च्यानलले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ख्रीष्टियन जगतको उदाउँदी गायिका सुस्मिता राईलाई कदर पत्र सहित रु १,७५०००/- (रु एक लाख पचहत्तर हजार) धनराशीका साथ सम्मान गरिएको छ ।

आज आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि एन.सि.एफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङले उक्त धनराशीका साथ साथै कदर पत्र गायिका सुस्मिता राईलाई हस्तान्तरण गर्नुभएको थियो । पत्रकार कुमार सिंह बिष्टले सञ्चालन गर्नुभएको सो कार्यक्रममा कोभिड -१९ का कारण केहि पत्रकारहरूका साथमा सिमित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रेभ. हनोक तामाङले आफ्नो मन्तव्य राख्ने क्रममा दृष्टि विहिन सुस्मिता राईले संघर्ष गर्दै गाउनुभएका गीतहरूले नेपाली ख्रीष्टियन समुदायप्रति योगदान पुर्याएको बताउँदै आउँदा दिनहरूमा गीत संगीतमा सुस्मिता राईको भविश्य उज्वल रहोस् भन्ने सुभेक्षाका साथ बधाई दिनुभएको थियो । उहाँले जीवनको यात्रा कार्यक्रमका संचालक यम शिवाका साथै सम्पूर्ण टिमलाई समेत धन्यवाद दिनुभएको थियो ।

त्यसै गरी गायिका सुस्मिता राईले पनि आफूलाई यो सम्मान दिने जीवनको यात्रा नामक युटुब च्यानललाई धन्यवाद दिनुभएको थियो । दृष्टि विहिन गायिका सुस्मिता राईलाई जीवनको यात्रा कार्यक्रमका सञ्चालक यम सिवाको नेतृत्वमा उक्त रकम सहित सम्मान गरिएको हो ।

स्मरण रहोस्, प्रभुको महिमाको निम्ति संघर्षका साथ ख्रीष्टियन गीत संगीतमा होमिनु भएकी गायिका सुस्मिता राई दृष्टिविहिन हुन् । दृष्टि हराएता पनि स्वरकी धनी सुस्मिता राईले ख्रीष्टियन गीत संगीतलाई नै आफ्नो जीवनको पेशा बनाउने अठोट गर्नुभएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...