२०८१ पुस ७, आइतवार
2024 December 22, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

प्रशस्त हुँदा सेवा नगरेमा समस्या

पास्टर केशव राज आर्चाय, पोखरा ।

धनी हुनु गरीब हुनुभन्दा बढी खतराजनक हुन्छ । “तिनीहरूसँग सबै चिज प्रशस्त हुँदा खुशीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौं । यसकारण भोक, प्यास, नग्नता र सबै चिजको अभाव परेर परमप्रभु तिमीहरूका विरुद्धमा पठाउनु भएका शत्रुहरूको तिमीहरूले सेवा गर्नेछौं । उहाँले तिमीहरूलाई नाश नगरेसम्म तिमीहरूको काँधमा चाहिँ फलामको जुवा हालिदिनु हुनेछ (व्यवस्था २८ः४७–४८) ।” इस्राएलीहरूले आफूसँग प्रशस्त हुँदा प्रशस्तता दिने परमेश्वरलाई भुले (व्यवस्था ८ः१०–१४) । प्रशस्तता हुँदा धेरैले भुल्ने गरेको समस्या हामी पाउँछौं, दुःख हुँदा सम्झने आत्तिने र सुखमा मात्तिने÷भुल्ने, यो समस्या इस्राएलीहरूसँग थियो र अहिले पनि कति धेरै मानिसहरूसँग यो समस्या छ । होशियार तपाईं जसले यो लेख पढ्नु हुन्छ, तपाईंमा यो समस्या नआओस् यी श्रापहरू प्रभुलाई सेवा नगरी भुल्नेहरूलाई आउने श्रापहरू तपाईंकहाँ नआउन् । के काम गर्दै हुनुहुन्छ । जे काम गरेपनि प्रभुको सेवामा सहभागी हुनुहोस्, तपाईंले सेवा गर्न नसके कसैलाई पठाउनुहोस्, पठाउन नसके पैसा दिएर सहायता गर्नुहोस्, पैसा पनि छैन भने प्रार्थना गरेर सहायता गर्नुहोस् । इनाम सबैको पठाउने, जाने, पैसा दिने, प्रार्थना गर्ने, प्रचार गर्ने सबैको बराबर हुन्छ । यदि तपाईंसँग पैसा छ, पैसाले प्रभु येशूको सेवा गर्नुहुन्न अर्थात्, पत्रिका छाप्ने, दशांश दिने, विशेष भेटीहरू दिने, गरीबहरू, भोकाहरू, नाङ्गाहरू, विधुवाहरूलाई सेवा गर्ने काम गर्नुहुन्न भने तपाईंसँग समस्याको कमी हुने छैन । तपाईं सेवा गरेर कहिल्यै पनि गरीब हुनुहुन्न । धनी मानिस र लाजरसको कथा पढ्नुहोस्, जुन धनी मानिसको समस्या नरक जानुको मुख्य कारण सेवा, दया, माया, प्रेम, ईश्वर भन्ने कहिल्यै सम्झेन, राम्रो काम जानेर नगर्नु पाप हो र पापले सधै नैं मृत्यु ल्याउँछ र समस्या ल्याउँछ ।

पापीहरूको धन

तपाईंले भन्नुहोला यी संसारका धनीहरू के वचन मनन गरेर धनी भएका हुन् ? उनीहरूसँग रूपैयाँ पैसा होला तर हुनुपर्ने कुरा केही पनि छैन । उनीहरू गरीब, नाङ्गाहरू, भिखारीहरू हुन् (प्रकाश ३ः१७) । किनकि रूपैयाँ मात्रै सब थोक होइन । रूपैयाँ चाहिन्छ तर रूपैयाँले खासै ठूलो काम गर्न सक्दैन । रूपैयाँले किनेर शरीरहरू, औषधि, किताबहरू, खानेकुरा, मूर्ति आदि पाइन्छ तर प्रेम, सुस्वास्थ्य, लामो आयु, बुद्धि, ज्ञान, भोक, ईश्वर, शान्ति, आनन्द, मुक्ति केही पनि पाइँदैन । क्षणिक सुख पाइन्छ, नाम कमाउन सकिएला तर अनुग्रहबाट विश्वासद्वारा पाइने मुक्ति पाईदैन । बाइबलमा याकुब पनि अत्यन्तै धनी थिए र पनि उसँग आशिष थिएन, शान्ति थिएन । आफ्नो दाजु एसावसँग डराउँथे, कुन दिन आएर मार्छन् भन्ने चिन्ता थियो र पछि उनले आफू आशिषित नभएको थाहा पाउँदा परमेश्वरसँग लडन्त गरी आशिष मागे (उत्पत्ति ३२ः२६–२८) ।

पापीहरूले धन कमाए, धनी भए, आफ्नो कुमार्गमा फलिफाप भए भने तिमीहरू चिन्ता नमान (भजनसंग्रह ३७ः७) । किनकि कुकर्मीहरू वहिष्कृत हुनेछन् र परमप्रभुको प्रतिक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन् (भजनसंग्रह ३७ः९) । तपाईं चिन्तित नहुनुहोस् सबै पापीहरूको धन जसले अयोग्य प्रकारले ठगेर कमाएका, चोरेर कमाएका, सबै असत्यका धन हुन् । त्यो धन धर्मीहरूकहाँ जसले सुकर्म गर्छ तिनीहरूकहाँ आउनेछ । “अती नै व्याज लगाएर जसले धन–सम्पत्ति बढाउँछ त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ । जसले गरीब माथि दया राख्नेछ (हितोपदेश २८ः८) ।”

दुष्टको निम्ति परमेश्वरले ठहराउनु भएको भाग यही हो । निष्ठुर मानिसको इनाम सबै सर्वशक्तिमानबाट यही हो । त्यसले कसिङ्गर सरह अनगिन्ती धन–सम्पत्ति थुपारेतापनि र थाक थाक लुगाहरू जम्मा गरे तापनि, ती त्यसले जम्मा त गर्ला तर धर्मीहरूले ती लगाउने छन् त्यसको धन–सम्पत्ति निर्दोष मानिसले बाँड्ने छन् (अथ्युब २७ः१३–१४, १६–१७) । बाइबलले सरासर र स्पष्ट रूपमा निष्ठुर, दुष्ट र पापीहरू जो नगर्नु पर्ने काम गरेर धन–सम्पत्ति कमाउँछन् त्यो सबै धर्मीहरूको जो असल काम गर्छन्, तिनीहरूको हुनेछ भनी भन्दछ (उपदेशक २ः२६, हितोपदेश १३ः२२) ।

परमेश्वर तपाईंसँग धन भएको किन चाहनुहुन्छ ?

किनकि संसारमा भएका गरीबहरूलाई परमेश्वर तपाईंद्वारा दिन चाहनुहुन्छ । तपाईंद्वारा नै अनाथ र विधुवाहरूको कष्टमा हेरचाह गर्नलाई हो (याकुव १ः२७) । पैसा चाहिँ बैंकमा राखेर जम्मा गर्दै व्याज बढाउँदै घमण्ड गर्नलाई होइन तर अरुहरूको खाँचो पूरा गर्नका लागि हो । परमेश्वरले अब्राहामलाई धेरै आशिष दिनुभयो र तिनी अती धनी भए (उत्पत्ति १३ः२, २४ः३४–३५) । परमेश्वरले अव्राहामलाई भन्नुभयो तँ आशिषको मूल हुनेछस्, तँ द्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउने छन् (उत्पत्ति १२ः२–३) । तपाईंसँग भएको धनद्वारा प्रभु संसारको कुना–कुनामा सुसमाचार पु¥याएको चाहनुहुन्छ । यदि तपाईं गरीब हुनुहुन्छ भने, गाडी भाडा पनि छैन भने कसरी जाने ? आफै एकछाक खाना पनि धौ धौ छ भने तपाईं कसरी गरीबहरूलाई दिनुहुन्छ ? कसरी सुसमाचारको निम्ति दिनुहुन्छ र राज्य फैलिन्छ ? यदि तपाईं विस्तारामा नै हुनुहुन्छ भने कसरी चंगाईकर्ताको बारेमा प्रचार गर्नुहुन्छ ? यदि तपाईं हस्पिटलको वेडमा हुनुहुन्छ भने कसरी परमेश्वरको प्रशंसा, नाच्दै, गाउँदै, उफ्रदैं र आफ्नो सारा शरीरले प्रशंसा गर्न सक्नुहुन्छ ? परमेश्वर र तपाईंको शरीरद्वारा महिमा लिन चाहनुहुन्छ (१ कोरिन्थी ६ः१९–२०) ।

(साभारः युवा दर्शन पत्रिका, मितिः २०७१ बैशाख-जेठ अंक २ मा प्रकाशित लेख)

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...