२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

ग्लोबल वरसिप सर्भिस मेघा इभेन्ट भब्य रुपमा सम्पन्न

१६ अगष्ट २०२०, काठमाडौं । नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ्ग (Nepali Speaking Leadership Training) शुरु भएको आज चार महिना पूरा भई पाँच महिनामा लागेको अवसरमा ग्लोबल वरसिप सर्भिस मेघा इभेन्ट “Global Worship Service” Mega Event भब्य रूपमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

कोभिड १९ को महामारीका कारण विश्वलाई जसरी आक्रान्त पारेको छ, त्यसरी नै मानिसको जीवनमा यसले चुनौती र अवसर पनि ल्याइदिएको छ । कोभिड १९ का कारण मानिसको जीवनमा धेरै चुनौती ल्याएको भएतापनि यसले सँगसँगै अवसर पनि ल्याइदिएको छ । त्यस अवसरमा एक हो जुम मार्फत विश्वको विभिन्न भागमा रहेर पनि सँगै परमेश्वरलाई आराधना गर्नु, परमेश्वरको वचन सुन्नु र सुनाउनु अनि सँगसँगै मिलेर सिक्नु पनि हो । कोभिड १९ को महामारीका कारण विश्वका प्रायः ठाउँमा लकडाउन भयो र मानिसका धेरै गतिविधि ठप्प प्रायः भए । त्यसमध्य एक भेटिएर सँगै परमेश्वरको आराधना गर्नु, वचन सिक्नु र सिकाउनु पनि थियो । तर फड्को मारेको प्रविधिको सहयोगले मानिसहरू सँगै एक ठाउँमा नभेटिकन पनि आआफ्नै ठाउँबाट सँगै परमेश्वरको आराधना गर्न, वचनबाट सिक्न र सिकाउन सक्ने भयो । त्यहि जुम मार्फत भएको कार्यक्रम मध्ये एक हो, नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ्ग ।

सो तालिम शुरु भएको आज पाँच महिना लागेको अवसर पारी भएको यस कार्यक्रमको सञ्चालन डिकन अर्जुन हमालले गर्नुभएको थियो भने, शुरुको प्रार्थना पास्टर सुरेन्द्र राईले भएको थियो । सोही कार्यक्रममा पा. जोन शर्मा, डिकन त्रिलोक प्रधान, डिकन जर्ज बेघा, पा. प्रमोद राई, पा. आशिष गहतराज र आराधनामा पा. राजन विश्वाले अगुवाई गर्नुभएको थियो । रेभ बिजय कर्माचार्य, डा. भोजराज भट्ट र पा. राजु बुढाथोकीले सहभागी मण्डलीका पास्टर र अगुवाहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा डा. मनोज श्रेष्ठले यो नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ्ग कसरी शुरू भयो र यसको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मुख्य वक्ताको रूपमा परमेश्वरको वचनका साथ साथै अन्तिम आशिषको प्रार्थनामा डा. मंगलमान महर्जनले अगुवाई गर्नुभएको थियो ।

यस नेपाली स्पिकिङ लिडरसिप ट्रेनिङ्गमा विश्वका विभिन्न देशबाट करिब १२५ मण्डलीहरूबाट १७० भन्दा बढी पास्टर तथा अगुवाहरूको सहभागिता रहेको छ । विगत चार महिनामा एक सय भन्दा बढी विभिन्न शीर्षकहरूमा तालिम भै सकेको छ । यस तालिमको नोट, पुस्तक र सर्टिफिकेट पनि उपलब्ध गराइने जानकारी यस तालिमको आयोजकले दिनुभएको छ ।

 

स्मरण रहोस्, यो तालिम आइतबार बाहेक प्रत्येक दिन सोमबारदेखि शनिबारसम्म नेपाली समयअनुसार बेलुकी ६ः१५ देखि ९ बजेसम्म भैरहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...