२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आचार्य धरौटीमा रिहाई

काठमाडौं, १ जुलाई २०२० । पोखरास्थित प्रशस्त कटनी चर्चका पास्टर केशव आर्चायलाई डोल्पा जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न फैसला गरेलगत्तै उहाँ रिहाई हुनुभएको छ ।

गत जुन २८ तारिखका दिन डोल्पा अदालतले उहाँलाई तीन लाख धरौटीमा रिहाई गर्न आदेश दिएतापनि सो दिन फैसला हुँदा बेलुकीको ६ बजिसकेकोले र भोलिपल्ट कर्णाली प्रदेशमा सरकारी विदा भएकोले उहाँ जुन ३० तारिखका दिन तीन लाख धरौटी बुझाई मध्यान्ह मात्र छुट्नुभएको हो ।

उहाँलाई डोल्पा जिल्ला अदालतले रिहाई गर्न आदेश दिएलगत्तै पास्टर केशव आर्चाय जेलबाट छुट्नुभन्दा अघि नै भोलिपल्ट राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँलाई डोल्पा जिल्ला अदालतले तीन लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको जानकारी गराएको थियो । महासंघका अध्यक्ष सि.वि. गहतराजले पास्टर आचार्यको रिहा सम्बन्धमा विभिन्न तवरबाट पहल गर्ने सम्पूर्ण ख्रीष्टियन संघ संस्था, मानव अधिकारवादी संस्थाहरु तथा देश विदेशका नेपालीभाषी चर्चहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

त्यसै गरी उहाँको रिहाईको लागि शुरुदेखि नै पहल गर्ने नेपाल ख्रीष्टियन समाजले पनि पास्टर केशव आर्चाय काठमाडौं आइपुग्नु भएपछि उहाँको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गर्ने कुरा पास्टर बर्णवास श्रेष्ठले हामीलाई बताउनुभएको छ ।

स्मरण रहोस्, गत २३ मार्च २०२० का दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–२९ स्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई शुरुमा धर्मको नाममा कोरोना भाइरस सम्बन्धी अफवाह फैलाएको भन्ने आरोपमा पक्राउ गरिएको थियो । पक्राउ गरिसके पछि जबर्जस्ती धर्म प्रचार गरी धर्म परिवर्तन गराउने उद्योग गरेको आरोप लगाइएको थियो । पास्टर आर्चायलाई शुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीमा र पछि जिल्ला कारागारको हिरासतमा राखेको थियो । गत अप्रिल १९ तारिखका दिन उहाँलाई कास्की जिल्ला अदालतमा पेश गरियो र जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटी बुझाई रिहाई गर्न आदेश दियो तर त्यो दिन पाँच लाख धरौटी रकम तिर्न नसक्दा उहाँलाई पुनः थुनामा लगियो । त्यो पाँच लाख धरौटी तिर्न नसक्दासम्म उहाँलाई थुनामा नै राखियो ।

कास्की जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहाई गर्न आदेश दिएको २४ दिनपछि मे १३ तारिखका दिन पाँच लाख रुपैयाँ बुझाएर धरौटीमा रिहा भएलगत्तै उहाँलाई डोल्पा जिल्लामा पनि उजुरी परेको छ र थप अनुसन्धान गर्नु पर्नेछ भन्दै सोहि रात जिल्ला प्रहरी कार्यालय डोल्पातिर ठूलो अपराधीलाई जस्तै व्यवहार गरेर पास्टर केशव आचार्यलाई डोल्पा प्रहरी कार्यालयमा पुर्याएर थुनामा राखिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...