ललितपुर २०७७ बैशाख ४ गते । ललितपुरको कुसुन्तीमा रहेको अनुग्रह सामुदायिक सेवाले कोभिड १९ कोरोना भाइरसको जोखिमबाट बच्नका लागि नेपाल सरकारले लगाएको लकडाउनका कारण भोकमरीमा परेका अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ ।
यस अनुग्रह सामुदायिक सेवाले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ सँगको सहकार्यमा गत चैत्र २२ गतेका दिन राहत वितरण गरेको हो । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएकाहरूको नाजुक अवस्थालाई ध्यानमा राखी त्यस वडाका भोर्ले, रातोमाटे, ठूलो सुगौलीका बस्तीहरूका १०० घरधुरीलाई चामल, तेल, दाल, चिउरा, चाउचाउ तथा मस्यौरा लगायतका सामाग्रीहरू वितरण गरिएको संस्थाका निर्देशक भिविन शाक्यले बताउनुभयो । वडाअध्यक्ष श्री महारत्न लामा, समाजसेवी, नगरपालिका प्रतिनिधि तथा सरोकारवालाहरूको रोहवरमा सामाजिक दुरी कायम राख्दै सावधानीपूर्वक राहत सामाग्रीहरू वितरण गरिएको संस्थाका प्रतिनिधि श्री नवराज घलानले बताउनुभयो ।
त्यसैगरी सोहि संस्थाले मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालका– ५ को जिखै डाँडामा रहेका पुरै घरधुरीलाई प्रति घरधुरी एक बोराका दरले ३१ बोरा चामल वितरण गरेको छ । सो राहत वितरणमा वडाअध्यक्ष श्री चन्द्र सिङ्ग प्रजा तथा संस्थाका प्रतिनिधि पास्टर जगतलाल प्रजाले संयुक्त रुपमा राहत वितरण गर्नुभयो ।
यस्तो संकष्ट र भोकमरीको अवस्थालाई ध्यानमा राख्दै चेपाङ्ग समुदायलाई राहत स्वरुप चामल वितरण गरी सहयोग पुर्याउनु भएकोमा संस्थाका निर्देशक भिविन शाक्यलाई वडाअध्यक्षले धन्यवाद समेत दिनुभएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४