२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कोरोनाः मानवीय सभ्यतालाई चुनौती दिएर उब्जाएका प्रश्नहरू

हिरा खड्गी ।

मानिसको अस्तित्वमै प्रश्न चिन्ह लागेको कोरोना भाइरस (कोभिड-१९) महामारीको अवस्था हो यो । हामी बीस/बाइस दिनदेखि आ-आफ्नो घरमै बसिरहेका छौं । हाम्रो दैनिक क्रियाकलाप फरक भएका छन् । ती सिमित भएका छन् । हाम्रो समयको यो सामाजिक दुरी कायम गर्नु पर्ने अवस्था इतिहास बन्न आएको छ ।

कोरोना पछिको समय कस्तो हुनेछ ? के यो संसार र मानवीय सोंच र संस्कारलाई यसले परिवर्तनको दिशा तर्फ मोड्न सक्षम राख्दछ ? कोरोना भाइरसले ल्याएको विपत्तिले हाम्रो जीवन व्यवहारलाई परिवर्तन गर्छ ? के मानिसको हठीपन र छाडापनलाई यस कोरोनाले हटाउन सक्छ ? हिजो जस्तो हामी थियौं, कोराना पछिको समय के हामी कुनै नयाँ युगमा प्रवेश गर्दछौं ? हाम्रो पुरानो र पापमय स्वभावले पारेको लोभ, लालच, घमण्ड, असमानता आदिको अन्त हुन्छ ? हाम्रो दैनिक जीवन र आउँदो पुस्तालाई यसले कस्तो प्रभाव छोडेर जान्छ ? बैज्ञानिक-स्वास्थ्य क्षेत्रमा भएको प्रविधि विकास धेरै माथि पुगि सकेपनि आज संसार आतंकित भइरहेको छ । जुन भाइरसलाई हामी आँखाले देख्न सक्दैनौं, आज त्यसले नै पुरा विश्वमा तहल्का मच्चाइरहेको छ । त्यसले हामीलाई त्रासमा राख्न सक्षम भएको छ । पुरा मानवीय सभ्यतालाई नाश गर्न सक्ने शक्ति लिएर हामीलाई एक्लै एक्लै बस्न बाध्य पारेको छ । यस युगमा कोरोनाले मानिसका सबै शक्तिहरूलाई चुनौती दिएको छ । के मानिस आफ्नो सोंच, समझमा लाचारी भएको होइन र ? मानव विकासको चरणहरूमा कोरोनाले हामीलाई अस्तित्वहिनको संज्ञा दिन आएको होइन र ? यी अवस्थालाई मध्यनजर गर्दा आखिर के कुरा छ, जसले मानव जातिलाई स्थिर राख्न सक्छ ? संसारमा त्यस्तो के कुरा छ, जसले मानिसलाई सुरक्षित राख्न सक्छ ? हरेक मान्छेलाई थाहा छ, उ यो संसारमा केही समयको लागि मात्र यात्री हो तर पनि उसले सजिलै भुल्छ । उसलाई मृत्युको कुरा गर्न मन पर्दैन । सोच्न पनि मन पर्दैन । उ सजिलै पन्छिन खोज्छ । मान्छेले नबुझेको एउटै कुरा चाहिँ सत्यलाई तोडमोड गर्न सकिंदैन । सत्य संधै स्थिर रहन्छ । यद्यपि जीवन व्यवहारमा त्यो भ्रमात्मक रूपले प्रस्तुत हुँदा मानिसले सजिलै मृत्युलाई भुल्ने गर्दछ । मृत्यु त निश्चित कुरा नै हो तर पनि हामीलाई यस बारेमा छलफल गर्न मन लाग्दैन । किनकि हामीलाई मृत्युदेखि अझै पनि डर छ, चाहे हामी जोसुकै किन नहोऔं ।

यो पनडेमिकले हामीलाई के कुरा सिकाएर जान सक्छ ? मानिसको जीवनको मुल्य र मान्यतालाई यसले कसरी पुनःबिचार गर्ने बाटोतिर धकेलिरहेको छ । हामीले जिइरहेको जीवनलाई यसले पुनः मुल्याङ्कन गर्नलाई मौका दिएको छ, होइन र ?

आज संसारका हरेक मानिसले आफैलाई भनि रहेको एउटै तथ्य चाहिँ के हो भने मलाई यो रोग नलागोस्, म यसबाट सुरक्षित हुन सकुँ वा जोगिन सकुँ । यति हुँदाहुँदै पनि त्यो हाम्रो ढोकासम्म सजिलै आउन सक्छ । तपाईं र मलाई अनि हाम्रो प्रिय मानिसहरूलाई लिएर जान सक्छ । यति डरको बावजुद पनि हामीलाई एउटा आशा दिएको छ अनि हामी त्यो आशामा रमाउने मानिसहरू हौं । किनभने सारा संसार बितेर गएतापनि उहाँको वचन कहिले टलेर जाने छैन । यो चाहिँ निश्चयता हो । यही नै हाम्रो अन्तिम आशा हो । यहि नै हामी सबैको भविष्य होस् । हामीमा स्वास र जीवन रहँदा नै सृष्टिकर्ता परमेश्वरलाई सम्झौं अनि एकले अर्कालाई असल र भलाई गर्न नछोडौं । यो मृत्युको घाँटी भएर जानु परेतापनि उहाँको लहुरोले हामी सबैलाई सान्त्वना दिंदछ किनकि उहाँ मात्रै विश्वास योग्यको हुनुहुन्छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...