२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आज इस्टर सण्डे, लकडाउनले गर्दा घरघरमै मनाइँदै

काठमाडौं, ३० चैत्र ०७६ । आज अप्रिल १२ तारिख नेपाली भित्ते पात्रोअनुसार चैत्र ३० गते आइतबार विश्वभरका ख्रीष्टियनहरूले मनाउने इस्टर सण्डे अर्थात ख्रीष्ट येशुको पुनरुत्थानको महोत्सव कोभिड-१९ (कोरोना भाइरस)ले विश्वव्यापी रुपमा प्रभाव पारेको कारण घरघरभित्रै मनाइने भएको छ ।

हरेक वर्ष नेपालमा मात्र नभई विश्वव्यापी रुपमा नै विभिन्न सुसमाचारीय र्याली, सभा तथा गोष्ठी लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी येशु पुनरुत्थान हुनुभएकोमा उत्सव मनाइदै आएकोमा यस वर्ष कोभिड-१९ (कोरोना भाइरस)को महामारीले विश्वभरि नै प्रभाव पारेकोले गर्दा इस्टर सण्डेको कार्यक्रम पनि विश्वभरि नै प्रभावित भएको हो ।

कोभिड-१९को संक्रमण फैलिन नदिनका लागि भन्दै नेपाल सरकारले गत चैत्र ९ गतेदेखि लगाएको लकडाउन आउँदो बैशाख ३ गतेसम्म देशभर जारी रहने भएको कारण नेपालमा पनि पुनरुत्थान महोत्सवको कार्यक्रम प्रभावित भएको हो । तरपनि नेपालभरिका ख्रीष्ट विश्वासीहरूले आआफ्नो घरमै इस्टर सण्डेको सेवा तथा प्रार्थना संगति गरेर मनाउँदै छन् ।

देशभर लकडाउनका कारण इस्टर महोत्सव सामुहिक रुपमा तथा चर्चमा भेला भएर मनाउन नपाए तापनि नेपालभरका ख्रीष्ट विश्वासीहरू आआफ्ना परिवारका सदस्यहरूसँगै घरघरमै क्वारेन्टीनको अवस्थामा नै इस्टर अर्थात पुनरुत्थान महोत्सव मनाउन बाध्य हुनुपरेको हो ।

वि.सं. २०४६ सालमा भएको जनआन्दोलन सफल भई प्रजातन्त्र पुनः बहाली भएसँगै नेपालमा रहेका ख्रीष्टियनहरूले इस्टर सण्डे अर्थात ख्रीष्ट पुनरुत्थानको अवसर पारी हरेक वर्ष देशका विभिन्न ठाउँमा विभिन्न सुसमाचारीय र्यालीका साथसाथै सभा तथा गोष्ठी लगायतका कार्यक्रमहरूको आयोजना गरी मनाइदै आएको थियो । सम्भवत त्यसयता यस वर्ष नै कोभिड-१९ कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपालको कुनै पनि ठाउँमा इस्टर र्याली तथा सभा नभएको हो ।

स्मरण रहोस् इस्टर सण्डे अर्थात पुनरुत्थान महोत्सव संसारका मुक्तिदाता प्रभु येशु मृत्युलाई जितेर बौरी उठ्नु भएको दिनका रुपमा संसारभरका ख्रीष्टियनहरूले खुशीयालीमा बडो उल्लासका साथ यो महोत्सव मनाइने गरिन्छ ।

– फोटो फाइल

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...