२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

बनेपाका ख्रीष्टियन व्यवसायीहरूद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

बनेपा, २०७६ चैत्र २८ गते । बनेपा व्यवसाय गर्दै आउनुभएका ख्रीष्टियन युवा व्यवसायीहरूद्वारा विश्वभरि नै प्रभाव पारेको कोरोना भाइरस (कोभिड-१९)का कारण देश अहिले लकडाउनमा रहेको बेला सुरक्षाका खातिर खटिनुहुने सुरक्षाकर्मी प्रहरीहरूलाई केहि स्वास्थ्य सुरक्षाका सामाग्रीहरू आज हस्तान्तरण गरिएको छ ।

 

बनेपमा रहेको दि मार्क फेब्रिक्स (The Mark Fabrice), नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा.लि. (National Wear and Uniform House P.Ltd.) र मेरो टेलर्स (Mero Tailors)ले यी स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएको हो । दि मार्क फेब्रिक्सका प्रोपाइटर प्रदिप कुमार प्रजापति, नेशनल ओएर एण्ड युनिफर्म हाउस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर सुजन सुन्दास र मेरो टेलर्सका प्रोपाइटर सन्दिप बिक्रम थापा जिल्ला ट्राफिक कार्यालय बनेपामा पुगेर ४ थान पिपिई र १०० थान मास्क हस्तान्तरण गर्नुभएको हो ।

त्यसरी नै बनेपास्थित इलाका प्रहरी कार्यालयमा आज नै पुगेर उहाँहरूले ५ थान पिपिई र १५० थान मास्क उहाँहरूले हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेपछि कोरोना भाइरस कोभिड१९का कारण देश अहिले लकडाउनमा रहेको छ र यो समयमा आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनरात जनताको सुरक्षामा खटिरहनुभएको सुरक्षाकर्मीहरूको वास्ता गर्नु हामीहरूको पनि कर्तब्य हो, त्यसैकारण हामी तीन व्यवसायी मिलेर यो अभियान चलाएका हौं भन्नु हुँदै आगामी दिनमा पनि दिनरात जनताको सुरक्षामा खटिरहनुभएको सुरक्षाकर्मीहरूलाई यस खालको सहयोग गर्ने कुरा उहाँहरूले बताउनु भएको छ ।

स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गरेपछि जिल्ला ट्राफिक कार्यालय र इलाका प्रहरी कार्यालय बनेपका प्रमुखहरूले सहयोगका लागि व्यवसायीहरूलाई धन्यवाद दिनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...