२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

गुड फ्राइडे: मानिसको अनन्त जीवनको यात्राको राजमार्ग

केपी अधिकारी, ललितपुर

“हामी हाम्रो अस्तित्व अनि जीवनको अनन्तता ख्रीष्टसँग लुकाइएको छ भन्ने विश्वास सबै ख्रीष्टियनहरूसँग हुनै पर्नेछ किनभने येशु ख्रीष्टले हाम्रो मृत्युलाई लुकाइदिनुभएको छ” उहाँले जीवन, मृत्यु र पुनरुत्थान सबैलाई परमेश्वरको तर्फबाट भएर प्रदर्शन गरी हामीलाई अनन्त जीवनको मार्ग प्रशस्त गरिदिनु भएको छ । जुन घटना आज भन्दा २ हजार वर्ष अघि घटेको थियो र आज हामी संसारमा उहाँकै आराधना गरिरहेका छौं ।

आज संसारमा मानिसहरू कोरोना भाइरसको महामारीका कारण आक्रान्त बनेका छन्, हामी ख्रीष्टमा बाँचेका मानिसहरूलाई अनन्त जीवनको महत्व बारे थाहा छ किनभने येशुले परमेश्वरको पुत्र भएर पनि हाम्रो लागि मृत्यु रोज्नुभयो ताकि हामीले जीवन पाउँ भनेर । उहाँ गरिब बन्नु भयो ताकि हामी धनी हुन सकौं भनेर, येशु दुखित हुनुभयो ताकि हामी सुखी हुन सकौं, उहाँले कोर्राको चोट खानु भयो ताकि हाम्रो शरीर सुरक्षित होस्, उहाँले आफूले तितो पित्त खानुभयो किनकि हामीले अरुलाई दुर्वाच्य बोलेका थियौं, उहाँले आफ्नो टाउकोमा काँडाको मुकुट पहिरिनु भयो किनभने हामीले अरुलाई नराम्रो सोचेका थियौं, उहाँले कोखामा भाला खानुभयो किनभने हामीले हाम्रो भाइ अथवा बहिनीलाई प्रेम गरेका थिएनौं, उहाँले आफ्नो हातमा किला ठोकिनु पर्यो किनभने हामीले हाम्रा हातले अरुलाई नराम्रो औंल्याउने र दोषी देखाउने काम गरेका थियौं, उहाँले आफ्नो खुट्टामा किला ठोकिनु पर्यो किनभने हामी आज्ञा तोडेर गल्ती गर्न दौडने गरेका थियौं, उहाँले आफ्नो वस्त्र फुकालेर चिट्टा हाल्न दिनुपर्यो किनभने हामीले हाम्रो शरीर ढाक्नु पर्ने थियो, उहाँले त्यो श्रापित क्रुसमा झुन्डिन पर्यो किनकि हामीलाई स्वतन्त्र र न्याय चाहिएको थियो, हामीलाई हाम्रो शरीर र सो लाई सञ्चालन गर्न रगत आवश्यक थियो त्यसैले उहाँले आफ्नो शरीरको सबै रगत बगाइदिनु भयो र हामीमा त्यो रगत सञ्चार भएको छ । आज गुड फ्राइडे परमेश्वरका पुत्र येशु ख्रीष्ट हामी मानव जातिको पाप मोचन र छुटकाराका लागि क्रुसमा बलिदान हुनु भएको र हामी स्वतन्त्र भएको दिन हो । विश्वको आजको विषम परिस्थितिमा हामी ख्रीष्ट चढ्नु भएको त्यो क्रुसलाई नजिकबाट हेर्न सकौं । प्रभु येशुको मृत्यु किन ? कसका लागि ? वचन र धार्मिक सत्यता ? अनन्त जीवन सुरक्षित छ ?

हामीलाई आज के भन्दै हुनुहुन्छ ? उहाँले बोल्नु भएका सात बाणीहरू के के हुन् ? हाम्रो कर्तव्य के हो ? यी तमाम प्रश्नहरूको उत्तर येशु ख्रीष्ट हुनुहुन्छ ।

बाइबल धर्मशास्त्र र पदहरू येशूको वचन र बाणी वचनको मर्म /सन्देश
लुका २३:३४ “…हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दै छन् सो जान्दैनन्” हामी जुन संसारमा छौं, सबैलाई क्षमा गर्नु पर्दछ जुन सन्देश येशुले क्रूसबाट हामीलाई दिनु भएको छ ।
लुका २३:४३ “…साँचै म तिमीहरूलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” परमेश्वरले पापीहरूलाई पश्चात्ताप गरी उहालाई स्वीकार गरेका हरेकलाई स्वर्गको राज्यमा स्थान दिनुहुन्छ, हामीलाई निश्चित छ ।
युहन्ना १९:२७-२७ “…हेर्नुहोस् तपाईंको छोरो” “ … हेर तिम्री आमा” हामीले आफ्नाहरूको राम्रो ख्याल र वास्ता गर्नु पर्दछ जसरी ख्रीष्टले परिवारको वास्ता गर्नुभयो ।
मत्ती २७:४६ “…इलोई, इलोई, लामा सबखथनी ? अर्थात् “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नुभएको छ ?” येशुले हामीहरू सबैको पाप बोक्नु भएकोले पिताले त्यो सबै पुत्रलाई बोकाउनुभयो अनि येशुलाई पिताले एक छिन हेर्नुभएन, त्यसैकारण हामी पापबाट छुटकारा पाएका हौँ र हामी धार्मिकताका कमारा भएका छौं पापको होईन ।
युहन्ना १९:२८ “…मलाई तिर्खा लाग्यो” हामी सबैको बोझका कारण अनि क्रुश बोकेर लामो यात्रा गरेका कारण उहाँ मानिसको रुपको प्यासको अनुभूति पनि गर्नुभयो अब त्यो प्यास हामीलाई लाग्दैन ।
युहन्ना १९:३० “…अब सिद्धियो” येशुले हामीलाई बचाउने कार्य गरी सकेको अनि पिताको आज्ञा अनुरुप काम सकेको घोषणा गर्नुभयो अनि आज हामीहरूले त्यो मृत्यु मर्नु पर्दैन ।
लुका २३:४६ “…हे पिता म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” सबै कार्य सकिए पश्चात् येशुले आफ्नो आत्मा पनि पितामै सुम्पनु भएकोथियो आज हामीले पनि आफ्नो सबै जीवन जिउदो बलिको रुपमा येशुलाई सुम्पनु पर्दछ ( रोमी १२:१) ।
अन्य पदहरू: १कोरिन्थी १:१८ गलाती ३:१३ हाम्रा निम्ति येशु काठमा झुण्डिएर सराप बन्नु भयो, हामीलाई मोल तिरेर छुटाउनुभयो क्रुसको सन्देश नष्ट भई रहेकाहरूको निम्ति मूर्खता हो तर हामीहरूका निम्ति परमेश्वरको शक्ति हो जसबाट आज हामी जीइरहेका छौं ।
  • येशु ख्रीष्टलेआफ्नो प्राण क्रूसमा अर्पण गर्नुभयो ताकी मानिसहरूले बलिदान नगरुन् पापबाट छुटकारा पाऊन् ।
  • हामीले अब कुनै बलिदान गर्नुपर्दैन किनभने मानिसको पापको क्षमाको निम्ति येशु मानव बनेर सबैको सट्टा बलिदान हुनुभयो ।
  • यो क्रूसको सन्देश पाएपछि हामी सधै येशुको नजिक अनि उहाले चढ्नु भएको क्रूसको वेदीमा यी बाणी सहित रहने गरौँ ।
  • परमेश्वरले हामी सबैलाई आशिष गर्नु भएको होस् ।

हामी कोरोना भाइरसको असरबाट पनि आज मुक्ति पाउन सकौं भनी विश्वको लागि निरन्तर घुँडा टेकेर प्रार्थना गरौँ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...