२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पुनरुत्थान विशेष लेख: गुड फ्राइडे र इस्टरको महत्व

रेभ. डा. सुन्दर थापा ।

ख्रीष्टमा विश्वास गर्ने धेरै विश्वासीहरूको निम्ति गुड फ्राइडे र पुनरुत्थानको उत्सव खुशी र आनन्दको दिन हो । जुन दिनमा येशू ख्रीष्टले मानव जातिको निम्ति प्राण त्याग्नुभयो । संसारमा जन्मेका धेरै धर्मगुरुहरू मध्ये उहाँले मात्र मानव जातिलाई अति प्रेम गरी आफ्नो प्राण बलिदान स्वरुप दिनुभयो । यो परमेश्वरको इच्छा र योजना थियो किनकि जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो । मानिसपरमेश्वरको बिरोधमा चल्यो र पाप गर्यो, यो पापले ब्यापक रुप लियो र मानिसलाई परमेश्वरबाट नै अलग गरिदियो । फेरि यहि मानिसलाई परमेश्वरसँग पुनःमिलाप गराउन परमेश्वर स्वयम् पूर्ण मानिसको रुप लिएर मानव जातिको निम्ति बलिदान दिनुभयो । परमेश्वरले मानिसलाई प्रेम गरेर आफैलाई बलिदान दिन आउनुभयो, हामी पापी मानिस मर्नु पर्ने ठाउँमा उहाँ मर्नुभयो । यहि कुरा बुझेर उहाँप्रति हामी कृतज्ञ भई धन्यवादी भएर परमेश्वरको खुशीको चर्चा उपचर्चा गर्न नै उहाँ मर्नु भएको दिनमा यो गुड फ्राइडे मनाउँछौं ।

प्रभु येशूले गुडफ्राइडेको दिनमा प्राण त्याग्नुभयो र उहाँहाम्रो निम्ति मर्नु मात्र भएन तर तेश्रो दिनमा बौरी पनि उठ्नुभयो । धर्मशास्त्र बाइबलको धेरै ठाउँमा उहाँले भन्नुभएको छ, “यो मन्दिरलाई भत्काइदेऊ, म तीनमा पूनः निर्माण गर्नेछु ।” यी सबै सत्य तथ्य घटनाहरू हुन्, येशू ख्रीष्ट बलिदान हुनु भएको तेश्रो दिनमा बौरी उठ्नुभयो । यो दिनलाई हामी पुनरुत्थानको आइतबार अर्थात इस्टर सण्डे भन्दछौं । यो हाम्रो निम्ति ठूलो आशा, विश्वासको दिन हो । हाम्रो निम्ति मर्नुभएको येशू मरेको मर्यै हुनुभएन । उहाँ तेश्रो दिनमा बौरी उठ्नुभयो र बौरी उठ्नुभएको येशू आफैले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ । लाजरसलाई पुर्नजिवित पार्नुहुँदा येशूले भन्नुभयो, विश्वास गर त्यसैले हामी विश्वास गर्छौं । येशू ख्रीष्ट मर्नलाई आउनुभएन तर उहाँ बौरी उठ्नलाई पनि आउनुभएको हो । यदि उहाँ बौरी नउठ्नुभएको भए त हाम्रो विश्वास व्यर्थै हुन्थ्यो । यो चर्च बनाउनु हाम्रो विश्वास, हाम्रो संगति सबै व्यर्थ हुन्थ्यो । सारा सेवा व्यर्थै हुन्थ्यो तर येशू मृत्यु हुनुभएको तेस्रो दिनमा बौरी उठ्नुभयो । कोरिन्थी १५ अध्यायमा पावलले यसरी भन्दछन्, उहाँ बलिदान हुनुभयो, गाडिनुभयो र तेश्रो दिनमा बौरी उठ्नुभयो । बौरी उठेका घटनाहरू बाइबलमा धेरै प्रमाणका रुपमा छन् तर येशू बाहेक सबै फेरि मरेर गए । उहाँ बौरी उठ्नुभएर पहिला महिलाहरूको सामु देखा पर्नुभयो र चेलाहरूको बिचमासाथै ५०० जना मानिसहरूको बिचमा देखा पर्नुभयो । उनै येशू ४५ दिनसम्म मानिसहरूको बिचमा बस्नुभयो । उहाँ स्वर्ग उचालिएर लगिदै गर्दा स्वर्गदूतले उहाँका चेलाहरूलाई भन्नुभयो, जसरी येशू उठाइलगिनु भयो, त्यहि येशू फेरि आउनुहुनेछ । हामीलाई ठाउँ पार्न जानुभयो, उहाँ हामीहरूलाई लिन आउनुहुन्छ । यो घटनाको महत्व धेरै छ, हामीमा यसले ठूलो आशा ल्याउँछ र येशूमा भरोसा राख्न ठूलो सहायता गर्दछ ।

गुड फ्राइडे सारा मानव जातिको लागि येशू बलिदान हुनुभएको कारणले यो महत्वपूर्ण छ । उहाँको यो बलिदान ख्रीष्टियनहरूका लागि मात्र होइन तर समस्त जाति, धर्म मान्नेहरू र नमान्नेहरूको निम्ति पनि हो । यो । किनकि यो दिनएउटा मात्र व्यक्ति यस संसारमा आउनु भएर मानव जातिको निम्ति बलिदान हुनुभयो । यो परमेश्वरको योजना हो । यसकारण उहाँको यो महान बलिदान ख्रीष्टियनहरूका लागि मात्र होइन, यो दिन समस्त संसारको निम्ति महत्वपूर्ण दिन हो ।

इस्टर सण्डे अर्थात उहाँको पुनरुत्थान चाहिँ के हो भने, यदि येशू मरेको मर्यै हुनुभएको भए हाम्रो विश्वास व्यर्थ हुने थियो । हामी निराश हुन्थ्यौं तर तेश्रो दिनमा येशू बिहानै बौरी उठ्नुभयो, उहाँको मृत शरिर राखिएको चिहान रित्तो थियो । त्यो चिहानलाई बन्द गरिएको ठूलो ढुङ्गा हटाइएको थियो । चिहानको मुख पनि खोलिएको थियो अनि स्वर्गदूतहरू आएर त्यहाँ पहरा दिएको थियो । मानिसहरू त्यहाँ हेर्न जाँदा स्वर्गदूतले भने कि जीउँदो भएको येशूलाई यो चिहानमा हेर्न किन आउँछौ, उहाँ त जीउँदो भइसक्नुभएको छ । उहाँ त बौरी उठ्नुभइसकेको छ । उहाँ बौरी उठिसक्नुभएको छ भन्ने कुराले के सन्देश दिन्छ भने उहाँ मर्नेहरू मध्येको एक हुनुहन्छ मात्र होइन रहेछ तर उहाँ जीउँदो हुने मध्येको पनि हुनुहुँदो रहेछ । उहाँ त मृत्युलाई जित्ने, चिहानबाट पनि बौरी उठ्ने, उहाँ तजीवनदाता हु्नुहुँदो रहेछ । यहि कारणले गर्दा हामीमा ठूलो आशा आएका छ। विशेष गरी ख्रीष्टियनहरूले आशा, विश्वास र भरोसा पाएका छन् । हाम्रो येशूलाई पुनरुत्थान हुन मृत्युले, चिहानले र त्यो बेलाका अधिकारीहरूले रोक्न सकेन । हामी यो विश्वास गर्छौं कि बौरी उठ्नु भएको येशूलाई हेरेर हामीले एउटा ठूलो आशा पाएका छौं । यहि आशामा हामी सेवाहरू गर्दछौं अनि उहाँको आराधना गदछौं । यहि आशामा अरुलाई प्रोत्साहन र हौसला दिदँछौं ।

वि.सं २०४६ सालको जनआन्दोलन सफल भएपछिका हरेक वर्ष काठमाडौं उपत्यकामा भएका मण्डलीहरू संयुक्त रुपमा मिलेर इस्टर र्याली निकाल्ने र खुल्लामञ्चमा गएर पुनरुत्थान महोत्सवको कार्यक्रम गर्न थालियो र हाल आएर नेपालभर साना ठूला शहरहरूमा भएका मण्डलीहरू मिलेर इस्टर र्याली निकाल्न थालिएको छ तर पनि हामीले राज्यलाई ख्रीष्टमस जस्तै गुड फ्राइडे र इस्टर सण्डेको महत्व प्रकाश पार्न सकिरहेका छैनौं । यसका लागि राजनीतिक, धार्मिक र सामाजिक पक्ष छन् र हामी पनि एकजुट भएर अघि बढ्न सकेनौं । यद्यपि हामी सम्पूर्ण मण्डली एक ठाउँमा आएर इस्टर त मनाउन चाहिँ थालियो तर राज्यको निकायमा ख्रीष्टमस जत्तिकै यसको महत्व छ र यी पनि हाम्रा उत्सव हुन् भन्ने बारेमा जानकारी गराउने र यसको महत्वको प्रकाश पार्ने कुरामा हामी चुकेका छौं । हामीले राज्यका सम्बन्धित निकायमा यसको बारेमा प्रकाश पार्ने तथा महत्व बुझाउने काम गर्न सकेनौं । तर आशा छ, आउँदा दिनहरूमा यसका लागि प्रयास जारी रहनेछ । नेपाल सरकारले पनि अन्य धर्मलम्बीहरूका चाडपर्वलाई जस्तै यो गुड फ्राइडे र इस्टर सण्डेको महत्वलाई बुझ्नु पर्दछ । हामीहरू पनि चर्चभित्र मात्र सिमित नरही नेपाली समाजको विकासका लागि सक्रिय रोल खेल्नुपर्दछ । अहिले राज्यको निकायमा रहने व्यक्तिहरूमा यो त आयातित धर्म हो, कतैबाट प्रेरित भएर चलाइएको छ भन्ने भ्रम छ । त्यो भ्रमलाई चिर्नु आवश्यक छ ।

अन्तमा यो गुड फ्राइडे र इस्टरको अवसरमा सबै नेपाली दाजुभाई तथा दिदीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । यस वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभरि परेको प्रभावले गर्दा नेपालमा पनि लकडाउन भएको यो विषम परिस्थितिमा हामी एकसाथ चर्चमा भेला भएर गुड फ्राइडे र इस्टर सण्डेको संगति गर्न साथै इस्टर र्यालीको आयोजना गर्न त सक्दैनौं तर पनि हामीले गुड फ्राइडे र इस्टर सण्डे व्यक्तिगत र पारिवारिक रुपमा मनाउने क्रममा हामीहरूको मण्डलीमा आत्मिक जागृति आउन सकोस् र हामीहरू सबैको परमेश्वरसँग घनिष्ठ व्यक्तिगत सम्बन्ध अझ दरिला बनोस्, परमेश्वरबाट हामी सबैलाई आशिष मिलोस् ।

(यो लेख कुराकानीका आधारमा तयार पारिएको हो ।)

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...