२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

चंगाइको वरदान: पवित्र आत्माको शक्ति र अगुवाइमा हाम्रो घोषणा

मुरारी पाण्डे ।
कुनै पनि रोग चामत्कारिक ढंगले निको हुनु नियमित उपचार पद्वति होइन तर वरदान हो । यो दिने, ग्रहण गर्ने र मध्यस्थकर्ता बिचको विश्वासको परिणाम हो । यसकारण त्यो मानिसको नियन्त्रणमा हुँदैन । पवित्र आत्माको वरदान हो । पवित्र आत्माको शक्तिशाली वरदानलाई झाँक्रीले ढ्यांग्रो ठटाएको शैलीमा तन्त्र मन्त्र जस्तो देखिने गरी अनौठो प्रार्थनाले निको पार्न खोजेको जस्तो गर्नु शोभायमान होइन । यदि अरुलाई त्यस प्रार्थना देखाउनु छ भने त्यो शिष्ट हृदयको पुकार हुनुपर्छ ता कि बाहिरकाहरूले देख्दा पनि निन्दा गर्ने बिषय बन्न नसकोस् ।
चंगाइको लागि प्रार्थना गर्नु कुनै परम्परा पनि होइन तर हृदयको अनुनय विनय हो । दयाको निवेदन हो । मध्यस्थकर्ताले आत्माले भरिएर रोग बिमारको बिरुद्ध हटेर जाने आदेश पनि दिन सक्छ । शालिन पवित्र आत्माले शालिनतापुर्वक नै अगुवाइ गर्नुहुन्छ । पवित्र आत्माले ख्रीष्ट र उहाँको दुलहीको निन्दा हुनेगरि कहिले पनि प्रार्थनाको अगुवाइ गर्नुहुन्न । निको विश्वासले हुन्छ, अन्धविश्वासले होइन ।
अर्को कुरा, जब हामी विश्वाससहित प्रार्थनामा लिन हुन्छौं, हाम्रो EMF (Electro-Magnetic Field) वृद्धि हुन्छ र सबै कोषिकाहरू सक्रिय हुन्छ । कोषिकाहरू सक्रिय भएपछि शरिरको प्रतिरक्षा प्रणाली सुदृढ़ हुन्छ । Hormons (रसायन) उत्पादन नियमित हुन्छ । Endorfin hormon को उत्पादन वृद्धि हुन्छ । शिरमा रहेको Pineal Gland बाट Sheratonin र Melatonin hormon को श्राव नियमित हुन्छ । DMT (Dimethytryptamine) लेवल बढ्छ र दर्दनाशकको रुपमा काम गर्छ । शरीरका विकारहरू (Toxins) निष्काशन सुदृढ़ हुन्छ । Metabolism वृद्धि हुन्छ । यो चाहिँ चमत्कार नभएर नियमित प्रक्रिया हो ।
समग्रमा, चंगाइको वरदान सत्य हो, तर त्यो सत्यको हामी मालिक नभएर सेवक हौं । सेवक हौं भने सेवा गरौं । आफ्नो गोजीबाट फ़ुत्त ‘चंगाइ’ झिकेर दिएको जस्तो नगरौं । कोही निको हुन्छ भने परमेश्वरलाई महिमा होस् तर ब्यक्तिगत महिमा मण्डन नहोस् । ख्रीष्टको दुलहीलाई दुनियाँको सामने पवित्र, निष्खोट र निष्कलंक राखौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...