२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

समसामयिक लेख – के कोरोना जनाउ घण्टी हो ?

हिरा खड्गी ।

विश्वभरि फैलिरहेको कोभिड १९ ले सबै मानिसमा त्रास र भयको बास गरेको छ । लकडाउन अथवा संसर्ग निषेधावधी नेपालको हकमा पनि थप भएको छ । साथै विश्वका धेरै मुलुकले यो महामारीको अवस्थाबाट भएर गुज्रिनु परिरहेको छ । यो संसर्ग निषेधावधीको समय कति सम्म लम्बिन सक्छ यकिनका साथ कसैले पनि भन्न सक्ने अवस्था रहेको छैन । निम्न वर्ग र मजदुर वर्गलाई यसले निक्कै कठिन पार्न थालेको छ भने साधारण मानिसहरूलाई घरमा बसि राख्न अत्यास लागिसकेको छ तर पनि उपाय भनेको आफ्नो घरमै सुरक्षित रुपमा बस्नु नै हो । विश्व स्वास्थ्य संगठनका अनुसार दश लाख भन्दा बढी मानिसमा यो भाइरसको संक्रमण फैलिसकेको छ भने ५३ हजार भन्दा बढी मानिसहरू यसको संक्रमणबाट मरिसकेको तथ्याङ्क सार्वजनिक गरिसकेको छ । विश्वभरि नै स्थिति भयभव देखिन्छ । मानिसको बल, बुद्धि र ज्ञान लगाएर कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने कोशिस भएतापनि अवस्था झन झन विकराल बन्ने क्रम जारी छ ।

धार्मिक दृष्टिकोणले यसलाई हेर्दा मानिस सृष्टिकर्ता परमेश्वर कहाँ फर्केर आउने बाहेक अर्को उपाय केही देखिंदैन । बाइबलीय घटनाहरूलाई केलाएर बुझ्दा मानिसहरूको जीवनमा यस्ता घटनाहरू आएको देखिन्छ । जब मानिसहरू परमेश्वरदेखि टाढा भएर आफ्नो मन लाग्दो जीवन जिउन लाग्दा मानिसहरूमा विपत्ति आएको वा नास भएको देख्न सकिन्छ । परमेश्वरलाई उहाँको आज्ञा पालन गरेको मन पर्छ । बागी हुने र अट्टेर हुने मानिसलाई उहाँको नजरमा छुट छैन । यद्यपि उहाँ कृपालु र क्षमा गर्ने परमेश्वर हुनुहुन्छ । जब मानिस उहाँको बिरुद्धमा हिड्छ, तब मानिसमा संकट आएको छ ।

जसरी यो कोरोना भाइरसलाई मानिसका खुल्ला आँखाले देख्न सकिंदैन, त्यसरी नै परमेश्वरलाई पनि हाम्रो पापमय स्वभावको आँखाले देख्न सक्दैनौं । तर यी दुईमा भिन्नता के छ भने भाइरसले केवल मानिसलाई नास गर्ने क्षमता राख्दछ भने परमेश्वरसँग नास गर्न सक्ने क्षमता पनि छ भने साथ साथै उहाँसँग जीवन दिन सक्ने क्षमता पनि छ । जब जब मानिस परमेश्वर कहाँ फर्केर आएको छ, तब तब मानिसले जीवन पाएको छ । त्यसैले यो कोरोना भाइरस पनि मानिसको लागि जनाउ घण्टी हो कि भन्ने संकेतको रूपमा आएको छ ।

परमेश्वर प्रेम हुनुहुन्छ, हामी मानिसले उहाँलाई प्रेम गरेको चाहनुहुन्छ । फर्केर आफ्नो बुवाको घरमा आएको चाहनुहुन्छ । आज संसारमा भइरहेको धेरै अवस्थाको कारणहरू मध्ये यो पनि एक हुन सक्छ । परमेश्वरलाई दिनु पर्ने कुरा परमेश्वरलाई नै दिएन भने उहाँले खोसेर भएपनि लिन सक्नु हुन्छ । यस्तो महामारीको अवस्थाबाट भएर जाँदा सायद हामी उहाँलाई बुझ्ने हाम्रो सारा ज्ञान, सिप र विवेक प्रयोग गरेपनि हामीले कहिले पूर्णरुपले गर्न सक्दैनौं किनभने उहाँ अद्भुत हुनुहुन्छ । हाम्रो सोंच र सामर्थभित्र उहाँ पर्नुहुन्न । परमेश्वरको बारेमा हामीले सजिलै कल्पना गरेको जस्तो उहाँ हुनुहुन्न तर एकदम सरल उपाय भनेको उहाँको आज्ञापालन र विश्वास नै हो । उहाँको आज्ञा पालन गर्न सजिलो छैन तर त्यसमा उहाँको कृपा संधैभरि रहिरहन्छ । यसबाट परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनि हामीले थाहा गर्न सक्छौं । त्यसैले आज्ञापालन र प्रेम सहितको विश्वास गर्नु भन्दा अर्को बिकल्प छैन भन्ने मेरो व्यक्तिगत बुझाइ हो । यो कोरोना एउटा जनाउ घण्टी मात्रै हो, जसले तपाईं र मलाई अनि सारा विश्वलाई उहाँमा फर्केर आउन आह्वान गरिएको छ । परमेश्वरमा फर्केर जाने कि नजाने त्यो हाम्रो आ–आफ्नो बिचार हो तर यसमा धेरै छनौटको सुबिधा चाहिँ छैन ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...