२०८२ बैशाख ६, शनिबार
2025 April 19, Saturday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लकडाउनमा पूर्वको लेटाङस्थित प्रशंसा चर्चबाट राहत वितरण

लेटाङ, मोरङ, २०७६ चैत्र २० गते । लेटाङको कमलपुरस्थित प्रशंसा चर्चद्वारा आज अति बिपन्न परिवारलाई राहत वितरण गरिएको छ ।

विश्वभर नै फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले यस महामारीबाट बच्न भन्दै देशैभर लकडाउन घोषणा गरेसँगै दैनिक ज्याला मजदुरी गर्ने न्यून आय भएका वर्गहरूलाई गाह्रो भइरहेको यो अवस्थामा लेटाङको कमलपुरस्थित प्रशंसा चर्च आफ्नो चर्च वरपर बसोबास गर्ने ३१ घर परिवार दैनिक ज्याला मजदुरहरूलाई केहि राहत प्रदान गरिएको छ । सो राहत प्याकेटमा १० के.जी चामल, एक के.जी. दाल, २ प्याकेट नून र २ पोका तेल रहेको जनाइएको छ ।

चर्चबाट वितरण गरिएको राहत प्याकेट पाएपछि न्यून आय भएका मजदुरहरू खुशी भएका थिए । आगामी दिनमा पनि आफ्नो यस चर्चबाट सकेको सहयोग गर्ने त्यस चर्चका अगुवाले बताउनु भएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...