नारायण श्रेष्ठ ।
जीवन एउटा चरित्र जस्तै हो, थाहा पाएर होस वा थाहा नपाएर यो चरित्रको परिधिमा रहेर सबै दौडिरहेका हुन्छन्, ब्यहोरिरहेका हुन्छन्, भोगिरहेका हुन्छन् अनि पूरा गरिरहेका हुन्छन् ।
साधारणतया सरसर्ती हेर्दा अन्यायले जब एउटा हद (Ceiling) पार गर्छ तब मानिसलाई वा एउटा समुदायलाई उजाड अवस्थामा पुर्याउँछ, कठिन परिस्थितितिर धकेल्छ र नदेखिने घोर अन्धकारको पर्दा बिचबाट मरुभूमिको निरासको यात्रातर्फ डोेर्याउँछ । पानीको यात्रामा आफ्नो स्वरुप फेरी बादल बनेको जस्तै गरी उचाईमा पुर्याएर खारेर महिमाको अनन्त बाटोतर्फ डोर्याउँछ । स्वर्गको इच्छा, योजना, चाहना पृथ्वीमा पूरा गर्न र यी सबै कुराहरू सुक्ष्म दृष्टिले हेर्ने हो भने के प्रष्ट हुन्छ भने, यो पृथ्वी चाहिँ स्वर्गको एउटा छाँया मात्र हो । यी सबै प्रष्ट देख्ने नदेख्ने हाम्रो आफ्नो विश्वासको आँखाको चश्माको लेन्सको गहिराईमा भर पर्छ । नदेखिएको कुरा देख्ने आशा नै विश्वास हो । एउटा रुखको पनि नदेखिने पाटा हुन्छ, त्यो हो त्यसको जरा (Root) त्यो जरा जति गहिरोमा जान्छ, त्यो रुख त्यत्ति नै बलियो हुन्छ र स्वाभाविक रुपमा परिणाम स्वरुप फल पनि त्यत्ति नै धेरै आशा गर्न सकिन्छ र अनन्तको फल पनि त्यस्तै हो ।
परमेश्वरको राज्य र न्यायपूर्ण समाजको चित्र परिकल्पना गर्दा कसरी नक्सा कोर्ने म पनि कठिन परिस्थितिमा छु । तैपनि पवित्र आत्माले अगुवाई दिनुहुन्छ, जसले हामीलाई विश्वासको आँखाले हेरेर अघि बढ्छ । वकिल र न्यायधीश (Lawyer vs Judge) दुई जना पात्रको भूमिका माथि चर्चा परिचर्चा गर्दै अघि बढ्दा हामीलाई प्रष्ट एउटा चित्र अगाडि आउँछ । जहाँसम्म यस चित्रको चर्चा परिचर्चाले ख्रीष्टियन कानुन आयोग सम्बन्धमा पनि यसले सहयोग पुर्याउँछ ।
एउटा वकिल (Lawyer)ले उसको Client (पिडित पक्ष)लाई युक्ति लगाएर प्रमाणहरू जुटाएर बहसमा आकाश पातालको कुरा जोडेर आफ्नो पक्षलाई बचाउँछ, सजायबाट, मृत्युदण्डबाट उद्धार, मुक्ति दिलाउँछ, मुद्दाहरूमा । तर भविष्यमा त्यहि वकिल बढुवा हुँदै केहि समय अन्तरालमा न्यायधीश हुनु पुग्छ, तब त्यहि पहिलाको पिडित Client परिबन्धले वा पहिला सजिलो गरी बाँचेको कारण अपराधिक मुद्दामा कसुरदार भई प्रहरी हिरासतबाट न्यायधीश कहाँ पुग्छ र पहिलाको वकिल न्यायधिशको आसनमा देख्दा साच्चै फेरि पनि सजिलो गरि बाँच्नेछु भन्ने धारणा आउनु स्वभाविक हो । तर न्यायधीश भई सकेपछि पहिलाको वकिलले निभाउनु पर्ने भूमिका नितान्त फरक भइसकेको हुन्छ । सत्य तथ्य र प्रमाणको आधारमा मिथ्याको विपक्षमा न्याय घोषणा गर्नुपर्ने हुन्छ । वकिल हुँदा बचाएको जस्तो गरी न्यायधीश भई सकेपछि बचाउन सक्दैन ।
त्यस्तै गरी परमेश्वर वकिलको स्वरुप भएर पृथ्वीमा आउनुभई हामीलाई बचाउनु भएको थियो, त्यस्तैगरी न्यायधीश परमेश्वर भएर पनि स्वर्गबाट न्याय गर्न पृथ्वीमा आउनु हुँदा बचाउनुको सट्टा सत्य, तथ्य र असल खराबको प्रमाणको आधारमा न्याय गर्नु पर्ने जिम्मेवारी काँधमा हुन्छ । त्यतिखेर हामीले न्यायधीश परमेश्वरलाई कस्तो अप्ठेरोमा, असजिलोमा पार्छौं अनुमान लगाउन गाह्रो छ । त्यसैले चर्चा परिचर्चा अभ्यास, अन्तरक्रियाहरू गरेर लम्बाई चौडाई, उचाई गहिराई नाप्न सिक्न आवश्यक छ । यी सबै कुराले न्यायधीश परमेश्वलाई अलिकति भए पनि शर्ममा नपर्न सहायता पुग्छ । पृथ्वीमा जे तिमीहरूले बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ र जे पृथ्वीमा फुकाउला, स्वर्गमा पनि फुकाइने छ । त्यस्तो प्रष्ट अन्तरसम्बन्ध स्वर्ग र पृथ्वीको बिचमा भएको थाहा पाउन सक्छौं ।
अर्को एउटा वास्तविक चित्र न्याय अन्यायको, पवित्र आत्मा र दुष्ट आत्माको लडाई एउटा टुहुरो र टुहुरीको कथा व्यथा बिचबाट कसरी अगाडि बढ्छ, यो संसारमा त्यसको एउटा अंशबाट बाँड्न मन लाग्यो, जुन बिन्दुबाट ठूलो रहस्यको पर्दा उजागर हुन्छ ।
म स्वयम् पनि टुहुरो मात्र होइन, बनाइएको टुहुरो (Made in Orphan) थिएँ । म जहिले पनि कहाँ सचेत हुन्थें र होसियार हुन्थें भने मेरो पिठ्युमा टुहुरोको जुन अन्यायको परकाष्ठा (Ceiling) को टेग (Tag) योजनाबद्ध तरिकाले बनाएर झुण्डाइएको थियो, त्यही टेग मेरो अर्को पुस्तामा DNA जसरी बंशानुगत स्थानन्तरण हुँदै अघि बढ्न नसकेको हो । वास्तविक धरातलीय (Ground Reality) अवस्था यो थियो कि मैले नजानेर पनि दुष्ट शक्ति, अपवित्र शक्तिसँग लडाई लड्दै अघि बढ्न दुस्साहस गरें र आज परिणाम पनि पाएको छु । यस्तो रहस्यको बिचबाट अनुसन्धानात्मक तरिकाले जब म अघि बढें, अन्याय (Injustice)को हद (Ceiling) अनपेक्षित रुपमा एउटा स्तरमा अघि बढछ, त्यतिखेर नै स्वतःफुर्त रुपमा नयाँ सुत्र (Theory) बिकसित हुँंदै अघि बढ्छ ।
Theory र Theology एउटा खोलाको दुई वटा किनारा हुँदै अघि बढ्छ र त्यही सुत्रले Theory ले त्यस समयको क्षण स्थायी चुनौती (Contemporary Challenges)हरूलाई, सत्यतालाई, धार्मिकतालाई संरक्षण गर्दै दुष्ट शक्तिलाई पराजय बनाउँदै अघि बढिरहेको हुन्छ । यही प्रश्न मैले ठूला ठूला कार्यक्रम र सेमिनारहरूमा बनाइएको टुहुरी Made in Orphan हरूको आवाजको रुपमा उठाउँदैथिएँ र सहभागी दिग्गजहरूलाई प्रतिक्रिया दिन गाह्रो पथ्र्यो । यी कुराहरूको आधारमा सुत्र Theory को वरिपरिको प्रश्न प्रतिप्रश्नको आधारमा मलाई West Virginia University ले Osher Life Long Learning Institute (OLLI) ५० Plus अन्तरगत तीन महिने Course गर्न Offer पनि दिएको थियो । तर आफ्नो नितान्त व्यक्तिगत कारणले गर्दा मैले त्यो अवसर लिन सकिन ।
दुष्ट शक्तिले नजानिंदो तवरले हाम्रा रीतिथिति, संस्कार बिचको मानवीय कमी कमजोरीलाई पहिल्याउँदै अघि बढ्छ, र एउटा सुखी, आनन्दित हराभरा परिवारमा टुहुरा टुहुरी बनाउन सफल हुन्छ । त्यस पछिको कदम झन् दुःखदायी र पीडादायी हुन्छ । त्यो टुहुरा टुहुरीहरू दुई छाक टार्नको लागि तड्पिनु पर्ने, सोच्नु पर्ने अवस्था हुन्छ भने, दुष्टको योजना चाहिँ त्यही कमजोर पृष्ठभूमिको फाइदा उठाउँदै, लाभ उठाउँदै सात पुस्तासम्म कसरी योजनाबद्ध तरिकाले दासत्वको इस्ताहारको माला बनाउने र टुहुरा टुहुरीको गलामा झुण्डाई राख्ने हुन्छ । तर येशू ख्रीष्टलाई हेरेर पवित्र आत्माको खाका, नक्सा र चित्रलाई हेरेर आज्ञाकारी भएर अघि बढ्न सक्यो भने मात्र पनि (त्यसैले St. Xavier School मा Christian School मा हामी छोरा छोरीहरूलाई पढाउँछौं) ती सबै दुष्टको पर्दा, जालोहरूको रहस्य खुल्छ र विजयपथतिर अघि बढ्छ त्यो टुहुरा टुहुरी बालबालिकाहरू र असल परिणाम र असल DNA पनि त्यहाँबाट पवित्र स्तर कायम गर्दै Technically अघि बढ्न सक्षम हुँदै असम्भवलाई सम्भव बनाउने र घोर अन्धकारलाई चिर्दै उज्यालो ज्योति छर्दै महिमा हुन सक्ने कुरा आज पनि हुन सक्छ । जसरी मोशाको समयमा फारो राजाको पालोमा मिश्र देशमा दश वटा महामारी पछि चालीस वर्षसम्म नजीरहरू धेरै बसाल्दै महिमा देख्ने गरि भएको थियो ।
घोर अन्धकारपछि र घोर अन्यायपछि पनि परमेश्वरको महिमा येशू ख्रीष्टको महिमा नयाँ नयाँ सुत्र Theory बनाउँदै विजयपथमा नजीर बनाउँदै अघि बढ्छ, त्यो सुत्र Theory हो Advance Theory । रहस्यको Core Root को सत्यता थाहा भएपछि हामीभित्र अनन्तको शक्ति Spirit आर्बिभाव हुन्छ, त्यही शक्तिले DNA भित्र काम गर्छ र त्यसले जस्तै जटिलतालाई चिर्दै पराकाष्ठा Ceiling लाई चिर्दै Beyond Ceiling का आधारमा विजयपथमा अघि बढ्छ अनन्त र स्वर्गीय शक्तिमा र Christian Law Commission त्यस्तै बृहत्तर Comprehensive सपनाको खाका बनाउँदै, नक्सा कोर्दै सुदुर उज्यालो भविष्यको दीर्घकालीन Long Term Base को Road Map मार्ग दर्शन गराउँदै सर्वोपरि मानवीय हितमा अघि बढिरहेको छ र एक दिन विश्व परिवेशमा Global Impact र परिणाम पनि भोग्न सक्ने बनाउँछ, हामी सबैलाई न्यायको तराजु मार्फत र यो Millennium Justice Millennium पनि हो । घटनाक्रमहरूले पनि प्रमाणित गरिरहेको छ । सुक्ष्म बिश्लेषण गर्दै अलौकिक चश्मा Optical ले हेर्ने हो भने सबै लौकिक पनि हुन्छ । किनकि देखिने सबैको नदेखिने पाटा वा जरा हुन्छ, जस्तो एउटा रुखको जरा हुन्छ । अलौकिक पनि विश्वासको चश्मा Optical ले हेर्ने हो भने प्रष्ट देख्न सक्ने अवस्था पनि हुन्छ । सबै कुराको रिमोट मानिसको हातमा हुँदैन, अलौकिक शक्तिको हातमा धेरै कुराहरू हुन्छ, हामी योग्य भएपछि VISA पाएको जस्तो गरी अलौकिक नक्षेत्रको देश प्राप्त गर्न पनि योग्य हुन्छौं ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४