काठमाडौं, मिति २०७६ चैत्र १९ गते । अन्तिम विकल्पका अनुसन्धानकर्ता, निजिनिया संस्थाका संस्थापक तथा एल सद्दाइ चर्चका पास्टर सुवास सुब्बाले दैनिक मजदुरी गर्ने विपन्न वर्गका नागरिकहरू करिव ४०० घरपरिवारलाई लकडाउनका बिचआज अर्थात मार्च ३० तारिखका दिन राहत वितरण गर्नुभएको छ ।
नेपाल सरकारले लकडाउन बढाउने निर्णय गरेपछि ललिपुर महानगरपालिकास्थित नखिपोट वडा नं १४ का वडा अध्यक्षको अनुमति लिई नखिपोट आसपास बसोबास गर्ने १८७ विपन्न घर परिवारका साथै काठमाडौंको थापाथलीमा स्थायी बसोबास गर्ने सुकुम्बासी क्षेत्रका १४७ घर परिवार लगायत भक्तपुरमा रहेका केही परिवारलाई बाइकद्वारा र काठमाडौंको मनमैजु र ठूलो भर्याङ, नयाँबस्ती लगायतका ठाउँमा बसोबास गर्ने ४०० जति घर परिवारलाइ १५ के.जी चामल, १ लिटर तेल, २ के.जी दाल, एक प्याकेट मस्यौरा तथा चनाको राहत प्याकेट बितरण गर्नु भएको हो । उहाँले यो सबै आफ्नै खर्चबाट उहाँकी श्रीमती लोइस सुब्बा लगायत उहाँको यो अभियानमा सहयोग गर्ने टिमले बिभिन्न ठाउँमा पुगी राहत बितरण कार्यलाई सफल पार्न भूमिका खेल्नु भएको थियो ।
राहत वितरण पछि पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिंदै उहाँले भन्नुभयो यो कोभिड-१९ (कोरोना भाइरस)का कारण विश्वभरि नै त्रास ल्याउनुका साथै विपन्न वर्गलाई आहत पारिरहेको बेला हुनेहरू त जसरी पनि खान्छन् तर नहुने कसरी खान्छन् भन्ने आफूलाई लागेको कारण यो राहत कार्यको अभियान आफ्नै कमाईको पैसाबाट सञ्चालन गरेको बताउनुभयो । उहाँले हुनेहरूले नहुनेहरूसँग यो विपतको बेला बाँडीचुँडी खाऔं भन्नुहुँदै अरु हुनेहरूलाई पनि राहत वितरण गर्न आग्रह गर्नुभयो । कोरोना भाइरसले धनी र गरीब भन्दैन भन्नुहुँदै सबैले मिलेर यो विपतको सामना गर्न आह्वान गर्नुभयो । यो अभियान भोलिका दिनमा पनि सञ्चालन गरिने कुरा पास्टर सुवास सुब्बाले हामीलाई बताउनुभएको छ । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा राहत वितरणका लागि तुल्सी श्रेष्ठले मध्यस्थता गर्नु भएको थियो ।
स्मरण रहोस् जब नेपालमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनि नेपाल सरकारले लकडाउन शुरु गर्यो, त्यसपछि लगत्तै प्रत्येक दिन उहाँले विभिन्न ठाउँका खटिएका सुरक्षाकर्मीहरूको बिचमा पुगी स्यानीटाइज, मास्क र कोल्ड डिंक्स वितरण निरन्तर सञ्चालन पनि गर्नुभएको थियो । नेपाल सरकारले अझै थप आठ दिन लकडाउन थप गरेपछि काठमाडौं उपत्यकामा दैनिक ज्याला मजदुरी गर्ने विपन्न वर्गका लागि राहत वितरण गर्ने उहाँले निर्णय गरी यो राहत वितरण कार्य सञ्चालन गर्नुभएको हो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४