२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लकडाउन उलङ्घन गर्दा सुर्खेतमा पास्टरहरू पक्राउ भन्ने शिर्षकमा छापिएको समाचारको वास्तविकता

जनक बिसी, सुर्खेत । नेपाल सरकारले Luck Down  गर्ने भनि सरकारी प्रतिवेदन जारी गरेसँगै हामी सबै मण्डली परीवारले त्यहि अनुरूप नै गएको हप्ता सूचना जारी गर्यौं, र त्यसको लिखित सूचना चर्च भवनको भित्तामा टाँसिएको सबैलाई जानकारी गराउन चाहन्छौं । पूर्व सूचना जारी गरेबमोजिम मिति २०७७ चैत्र १५ गते शनिवारका दिनदेखि अगाडि हुने साप्ताहिक संगतीहरू नेपाल सरकारबाट अर्को सूचना जारी नभएसम्म सामुहिक संगती नहुने र हरेक परिवारहरू आ-आफ्नो घरमा नै गरिने भनि मण्डली परीवारलाई सूचित गराइएको थियो । यहि वास्तविकतालाई मध्यनजर गरी पास्टर मोहन दास गुरूङ्गले घरबाटFacebook live  द्धारा नै बिहान ८ बजे संगती गरिसक्नु भएको थियो । पा. सोलोमन (वास्तविक नाम-मोहनदास गुरुङ्ग) मण्डली भवनभित्रै बस्ने र मण्डली परिसरभित्र अरु परिवार पनि बस्ने भएकोले (८-९ जना) उहाँहरूसँग कुराकानी गरेको वास्तविक नै हो तर साप्ताहिक संगती गर्ने मनसायले कदापी भेला नभएको वास्तविकता यहाँहरूलाई जानकारी गराउन चाहन्छौं । सायद हरेक व्यक्तिले आफ्नो घर र कोठामा प्रार्थना गर्न, भलाकुसारी गर्ने, संगती गर्न अवश्य नै पाउँछ होला । हामीले बुझेको नेपालको कानुन यहि नै हो तर अति सुनियोजित तवरले मण्डली भवनमा नै बस्ने पास्टर सलोमन गुरूङ्गलाई मण्डली भवनबाट नै मानिसको सदभाव र ख्रीष्टियन जगतप्रति नकारात्मक सन्देश जाने हेतुले प्रहरी कार्यालमा लग्नु कहाँसम्मको न्याय संगत हो । अझै दुःख लाग्ने कुरा त के हो भने बिभिन्न  onlinekhabar मा सम्पूर्ण घटनाको वास्तविकता नबुझिकनै ३०-३५ जनाको बिचमा प्रार्थना गरेको भ्रमित खबर फैलाउनु सम्पूर्ण ख्रीष्टिय जगतलाई नै ठेस पुर्याउने हेतुले प्रेषित गरिएको समाचार हो भनि अवगत गराउन चाहन्छौं । स्मरण रहोस् पास्टर सलोमनसँग इत्राम मण्डलीको शाखा मण्डलीका पास्टर प्रेम विश्वकर्मालाई पनि प्रहरीले सोधपुछका निम्ति आज दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । यो लिङ्क हेर्नुहोस्-https://www.nepalsamaya.com/detail/26819

(Source: Nissi AG Church, Surkhet) Surkhet News After the government of Nepal circulated the notice regarding the national lockdown and the Nissi church here in Surkhet had thereby circulated the news to its members accordingly. The same news has been posted on the church wall. ( please see the picture) The church has already informed the members that weekly fellowship will not take place on the church premise until further notice from the government. In return, the family can have prayer services but only at their homes. To make the situation much easier, Pastor Solomon Gurung (originally Mohan Das Gurung) had delivered the sermon through the Facebook live, on the morning of 28th March, 2020. Having lived on the church premise along with other family members, he was in conversation with them while the police authority came and knocked at the gate. As it appeared to them (the government) that the church pastor was having a fellowship service with people without knowing that these people lived at the same premise. The police took Pastor Solomon to the district head-quarter for further enquiry. After an hour, online news was circulated that Pastor Solomon Gurung was found having fellowship with a group of 30-35 people while the country is fighting against Covid-19, whereas the fact is that there were only 9-10 people living there and pastor Solomon was having conversation with them. The church has no intention of violating the government’s measures and we, the church, are willingly participating with the government’s mandate in order to combat Covid-19. At the same time, we do want to pray for the world situation with our families at our homes. People live in the churches and we cannot blame them for the weekly meetings if they are found on the church premise. As of this report, Pastor Solomon along with pastor Prem Biswakarma are still being detained by the police.

श्रोतः www.nepalchurch.com

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...