२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर केशव आचार्यलाई विनाशर्त रिहाई गर्न महासंघको माग

काठमाडौं, २०७६ चैत्र १२ गते । गत चैत १० गतेका दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–२९ स्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई धर्म प्रचार र अफवाह फैलाएको भनि झुठो आरोपमा पक्राउ गरेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, “कोरोना भाइरस (COVID-19)को संक्रमणले विश्व नै आक्रान्त बनेको समय र नेपाल पनि सोको न्युनिकरणमा लागि परेको समयमा आ–आफ्नो धर्मको अभ्यास अनुसार प्रार्थना गर्दैगर्दा अफवाह फैलाएको भन्दै झुठा आरोप लगाई पक्राउ गरी सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने र कानूनी राज्यको उपहास गर्ने काम राज्यबाट भएको हुँदा यस्तो निन्दनीय कार्य यथाशिघ्र रोक्न राष्ट्रिय ख्रीष्टियन महासंघ सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछ ।” सो विज्ञप्तिमा सामाजिक सञ्जालमा प्रसारित भिडियो सामाग्रीको अध्ययन गर्दा उक्त भिडियोमा दिइएको अभिव्यक्ति पास्टर आचार्यको सम्बन्धित मण्डलीभित्र प्रचार गरेको प्रवचन रहेको प्रस्ट देखिन्छ । सो अभ्यास नेपालको कानुन विपरित नभएको र प्रकाशित समाचारहरूमा आएजस्तो “झुठा, भ्रमपूर्ण अभिब्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालहरूमा समेत अपलोड र शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको” भन्ने कुरामा कुनै सत्यता नभएको महासंघले ठहर समेत गरेको छ ।

ख्रीष्टियन धर्म मात्र नभई नेपालका हरेक धर्ममा आस्था राख्नेहरू यतिबेला नेपालमा यो विपद् र संक्रमण नफैलियोस् भनि प्रार्थना गर्दै ईश्वरलाई आ–आफ्नो प्रकारले पुकारिरहेका छन् । यी अभ्याससँगै ख्रीष्टियन समुदायले नेपाल देशको शान्ति, उन्नति र विकासको लागि प्रार्थनासहित विभिन्न क्षेत्रमा निस्वार्थ सेवा पु¥याइरहेको समेत महासंघले जारी गरेको विज्ञप्तिमा छ । साथै झुठो आरोपमा सोमबार पक्राउ पर्नुभएका प्रशस्त कटनी मण्डलीका पास्टर केशव आचार्यलाई विनाशर्त रिहाई गर्न नेपाल सरकार, राजनीतिक दल, सम्पूर्ण मानव अधिकारकर्मी, कुटनीतिक नियोग, नागरिक समाज, अन्तरधार्मिक समुदाय, पत्रकार लगायत आम नागरिकलाई अपिल गरिएको छ ।

स्मरण रहोस् पास्टर केशव आचार्यलाई प्रशासनले झुठा भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युब तथा सामाजिक सञ्जालहरूमा समेत अपलोड र शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको अभियोग लगाई गत चैत्र १० गते पोखराबाट पक्राउ गरेको थियो ।

महासंघले निकालेको विज्ञप्तिः

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...