२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

अमेरिकामा नेपालको टिमाई क्याम्पमा चर्च स्थापना गरेका पास्टर साउल पौडेललाई गरियो सम्मान

अमेरिका, १८ मार्च २०२० । अमेरिकास्थित जीवनको यात्रा नामक युट्यूब च्यानलले त्यहाँस्थित पिचबर्ग भुटानीज होसन्ना चर्चको सहकार्यमा नेपालस्थित टिमाई क्याम्पमा हुँदा होसन्ना चर्चको पहिलो पास्टरको रुपमा सेवा गरेर मण्डली स्थापनामा उल्लेखनीय योगदान गर्नुभएका पास्टर साउल पौडेललाई केहि दिन अघि सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

सो सम्मान समारोहमा बिएनसीए अन्तर्गत चर्च रिलेसन र मिसनका प्रमुख पास्टर सान राईको बाहुलीबाट पास्टर साउल पौडेललाई कदर पत्र प्रदान गरियो भने बिएनसीएका जोइन्ट सेक्रेटरी पास्टर पुष्प रसाइलीले पास्टर साउललाई दोसल्ला ओढाउनु भएको थियो । त्यसैगरी पास्टर कर्णलियस ठटालले कार्यक्रमको शुरुको र अन्तिमको प्रार्थना गर्नु भयो । पास्टर फिलिप थापाले आशिषपूर्ण वचन बाँडेर सहभागी सबैलाई उत्साहित पार्नु भएको थियो । उक्त समारोहमा पास्टर दिपक परियार, पास्टर धन रसाइली, एज्रोन खालिङ राई, पास्टर अरोन शंकर र पास्टर ग्राबिएल पौडेल लगायतका पास्टर अगुवाहरू लगायत पास्टर साउल पौडेलको परिवारका सदस्यहरूको पनि उपस्थिति थियो ।

सो अवसरमा जीवनको यात्रा नामक यूट्युब च्यानलका सञ्चालक पास्टर याम शिवाले पास्टर साउल पौडेललको जीवनीमा आधारित भिडियो प्रस्तुत गर्नु भएको थियो । उहाँले पास्टर साउल भुटनिज् नेपाली भाषी चर्चहरूमा अति नै सम्मानित व्यक्तित्व भएको र उहाँलाई सम्मान गर्न पाउँदा आफू निकै हर्षित भएकोे प्रतिक्रिया दिनुभएको थियो ।

स्मरण रहोस् गत वर्ष नेपालमा सम्पन्न भएको पहिलो ख्रीष्टियन मिडिया समिटमा पनि जीवनको यात्रा कार्यक्रमले एल्डर जोनडी खवासलाई सम्मान गरेको थियो भने यस अघि पनि अमेरिकामा केही पास्टरहरूलाई सम्मान गरिसकेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...