२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

कोरोना भाइरसप्रति बाइबलीय दृष्टिकोण

पास्टर बिमल छेत्री, सिलिगुढी ।

वर्तमान समय संसार कोरोना भाइरसको आतंकमा छ । हजारौं मानिसहरू यस महामारीले संक्रमित भइरहेका छन् । यो महामारीका बारे बाइबलले के भन्दछ ? हामीले यो परिस्थितिलाई कस्तो दृष्टिकोणले हेर्ने ?

यस सम्बन्धमा परमेश्वरको वचनले यसो भन्दछः आज भन्दा दुई हजार वर्ष अघि भविष्यवक्ता यूहन्नाले देखेको दर्शन बाइबलमा यस प्रकार छ, “जब उहाँले चौथो मोहोर तोड्नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें । मैले पहेँलो घोडा देखें, र घोडसवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछि पछि लागेको थियो । अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो ।” प्रकाश ६ः७–८

उक्त भविष्यबाणी आजको दिन अर्थात अन्तिम दिनको निम्ति हो, जो पुरा भइरहेको छ । यसै सन्दर्भमा प्रभु येशूले पनि भन्नु भएको छ, “भयङ्कर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, “भयङ्कर आतङ्क हुनेछन्, अनि आकाशबाट ठूला–ठूला चिन्हहरू हुनेछन् ।” लूका २१ः११

यो भविष्यबाणी अनुसार, अन्तिम दिनको समयमा आउने बिपत्तिहरूले संसारको २५ प्रतिशत जनसंख्या खत्तम हुनेछ भनेर बताएको छ । यी बिपत्तिहरू हुन्ः तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने ।

वर्तमान समयको महामारी अनुसार भविष्यबाणीमा ध्यान दिनुपर्ने कुराहरू हुन्, “महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने ।” विश्व इतिहासलाई फर्केर हेर्दा यस्ता अनेकौं महामारी यो संसारमा आएका छन्, जसमध्ये हाल कोरोना भाइरस पनि एक हो । अचम्मको कुरा यो सबै महामारी विशेष जनावरहरूद्वारा फैलिएको छ जस्तैः बर्डफ्लु, स्वाइनफ्लु र हालमा कोरोना भाइरस ।

एउटा महत्वपूर्ण कुरा–बाइबलको यो खण्ड “जङ्गली जनावरहरू“ शब्दलाई ग्रीक भाषामा “thereon” लेखिएको छ, जसको अर्थ हुन्छ “बिषाक्त पशुहरू” । यो कुरा स्मरण रहोस् कि हाल फैलिएको महामारी कोरोना पनि बिषाक्त पशु चमेराबाट नै फैलिएको हो । हाम्रो निम्ति यो अचम्मको कुरा होइन किनभने बाइबलले अघिबाटै यो सत्य स्पष्ट बताइदिएको छ । तितो सत्य त यो हो कि आउनेवाला दिनहरूमा यो भन्दा डरलाग्दो महामारीहरू यस संसारमा आईपर्नेछ ।

अझ रोचक कुरा, वर्तमान समयमा यो संक्रमित महामारीबाट बच्नको निम्ति जुन तरिका अपनाइरहेको छ, त्यो पनि बाइबलको वचनमा आधारित छ । वचनको उक्त खण्डले यसो भन्दछः “जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ, त्यो अशुद्धै रहनेछ । त्यो एक्लै रहनुपर्छ । छाउनीबाहिर त्यसको डेरा होस् ।” लेवी १३ः४६

यद्यपि यो सन्दर्भ कोढ़ रोगको हो तर यो एक सरुवा रोगको निम्ति दिएको व्यवस्था हो, यो विधिलाई  QUARANTINE (सरुवा रोगबाट अलग्याउने काम) भनिन्छ । यस विधिअनुसार पिडितलाई कुनै अलग्गै ठाउँ isolation मा राखिन्छ । वर्तमान समयमा कोरोना भाइरसबाट बाँच्ने एक मात्र उपाय होः रोगीलाई अलग राख्नु र आफू रोगी भएको ठाउँमा नजानु हो । यसलाई हाल मानिसहरूले “भिड हटाऔं कोरोना भगाऔं” को नारा बनाएका छन् । यो उपाय बाइबलअनुसार हो भनेर सायदै कति मानिसहरूलाई थाहा नहोला तर सबै समस्याको समाधान केवल परमेश्वरको वचनमा नै छ ।

हाल संसारको परिस्थिति यस्तो भएको छ कि हामी कोही पनि बाहिर भिडमा जानु र जमघट हुन सक्दैनौं । यसकारण कति सेवा सङ्गति जानु र मण्डली भवनमा भेला हुन सम्भव नभए पनि हामी घरमा बसेर प्रभुसँग समय बिताउन सक्छौं । लेवी १३ः४६अनुसार यो पनि हामीले उहाँको आज्ञा नै पालन गरिरहेका हुनेछौं ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...