२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

पास्टर शमूएल तामाङद्वारा मण्डली आफ्नै चेलालाई हस्तान्तरण

धरान, २०७६ चैत्र ५ गते । ईम्प्याक्ट जेनेरेसन्स सेन्टरका संस्थापक तथा पास्टर शमूएल तामाङले आफैले एक दशक अघि शुरू गर्नुभएको चर्चको साँचो आफ्नै चेला बोनी तामाङलाई गत चैत्र ३ गते अर्थात मार्च १६ तारिखका दिन एक कार्यक्रमकाबिच दिएर मण्डलीको अगुवापन हस्तान्तरण गर्नुभएको छ ।

नौ वर्षअघि आफैले शुरू गरेको र १५० भन्दा बढी सक्रिय विश्वासी संख्या भएको ईम्प्याक्ट जेनेरेसन्स सेन्टर, धरानलाई एक कार्यक्रमका बिच होसन्ना मण्डली, जोपाटीका पास्टर राजु सुन्दास र आई.जि.एम. का संस्थापक तथा पास्टर शमूएल तामाङद्वारा बोनी तामाङलाई पास्टर अभिषेक गरी मण्डलीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा पास्टर शमूएल तामाङले अब ईम्प्याक्ट जेनेरेसन्स सेन्टर धरानको अगुवापनको सम्पूर्ण जिम्मा नव अभिषिक्त पास्टर बोनी तामाङको भएको घोषणा गर्दै सो सेन्टरको चाबी हस्तान्तरण गर्नुभयो ।

धरानका विभिन्न मण्डलीबाट पास्टर अगुवाहरूका साथै विश्वासीहरू र आई.जि.एम. सेवकाइसँग सम्बन्धित अन्य पास्टर अगुवाहरूको  पनि उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख वक्ताका रूपमा काठमाडौंस्थित होसन्ना मण्डलीका पास्टर राजु सुन्दास र पोखरास्थित प्रशस्त कटनी मण्डलीका पास्टर केशव राज आचार्य हुनुहुन्थ्यो । वहाँहरूले पास्टर शमूएल तामाङलाई यो असल अगुवाको उदाहरण देखाउनु भएको लागि धन्यवाद दिदै यो एउटा ऐतिहासिक घटना भएको बताउनुभएको थियो । साथै उहाँहरूले वचनबाट उत्साह दिदै पास्टर बोनी तामाङलाई बधाई पनि दिनुभएको थियो ।

स्मरण रहोस्, सो साँचो हस्तान्तरण कार्यक्रम धरानस्थित धरान गोरखा डिपार्टमेन्ट स्टोरको हलमा ब्लेस धरान एकदिने लाइफ बिल्डिङ कार्यक्रममा भएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...