२०८२ बैशाख ५, शुक्रबार
2025 April 18, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

आँपपिपल चर्च भवन समर्पण सम्पन्न ।

गोरखा, मिति २०७६ फागुन २२ गते । यहि मिति २०७६ फागुन २० गतेका दिन गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं २ स्थित आँपपिपल चर्चको नवनिर्मित भवन समर्पण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि एन.सि.एफ.नेपालका केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङ र महासचिव रेभ. शेर ए.सी. ले संयुक्त रुपमा रिवन काटेर मण्डली भवन उद्घाटन गुर्नभएको थियो ।

एन.सि.एफ.एन. गण्डकी प्रदेशका सल्लाहकार पास्टर मुक्ति ढकालको अध्यक्षतामा सञ्चालित मण्डली भवन उद्घाटन कार्यक्रममा एन.सि.एफ.नेपालका केन्द्रीय सचिव पास्टर वीरबहादुर तामाङले शुरुको प्रार्थना गर्नुभएको थियो भने एन.सि.एफ.एन.का सचिव लगायत महासचिव शेरबहादुर ए.सी., गण्डकी प्रदेश अध्यक्ष एल्डर प्रकाश श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि रेभ. हनोक तामाङले परमेश्वरको प्रभावशाली प्रवचन बाँड्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय मण्डलीका पास्टर रेशम परियारले मण्डली भवन परियोजनाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अन्त्यमा कार्यक्रममा सभाअध्यक्ष पास्टर मुक्ति ढकालले आँपपिपल चर्च भवन निर्माण सम्पन्न हुनको लागि आर्थिक रुपमा विशेष सहयोग पु¥याउनु हुने एन.सि.एफ.नेपाल लगायत विभिन्न व्यक्ति तथा समुदायहरूलाई विशेष धन्यवाद दिनु भएको थियो । सो अवसरमा स्थानीय मण्डलीलद्वारा एन.सि.एफ.नेपाललाई कदरपत्र प्रदान गरिएको थियो ।

गोरखा जिल्लाकै पुरानो चर्चको रुपमा परिचित आँपपिपल चर्च २०१३ सालदेखि नै झुण्डको रुपमा संगति शुरु हुँदै आएको थियो । २०७२ सालको विनाशकारी भुकम्पकले मण्डली भवन भत्काइ दिएपछि अस्थायी रुपमा जस्ताको टहरमा नै सेवा संगति सञ्चालन गरिएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...