२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

परमेश्वरको हृदयअनुसारको मानिस दाऊद

रेभ. लाजरस थुलुङ

यिशैका ८ भाई छोराहरूमध्ये कान्छो छोरा दाऊद इतिहासको पानामा एक अद्धित्तीय राजा मात्र थिएनन् तर उनले जिएको जीवन इतिहासमा एउटा उदाहरण भएर हामीसँग आज पनि बोलिरहन्छ । भेडा गोठालादेखि सिंहासनसम्म उक्लिएका दाऊद परमेश्वरप्रति भक्ति र विश्वासको बलियो उदाहरण हुन् । शामुएल अगमवक्ताद्वारा उनी शाऊलपछि राजा हुनेछन् भन्ने अगमवाणीको कारण उनले धेरै समयहरू शाऊलबाट मारिइने डरले मरुभूमिहरूमा भाग्नु परेको थियो । गोल्यतलाई परास्त गरेपछि उनले एकाएक कमाएको ख्यातिले थोरै समयमा नै उनले सफलताको उचाई चुम्न सफल भए । उनको वीरतापूर्ण कार्यको कारण उनले राजा शाऊलको छोरीसँग समेत विवाह गर्ने सौभाग्य पाए । नयाँ करारमा मात्र उनको बारेमा ५८ पटक उल्लेख गरिएको छ । येशुको चिनारीसँग जोडिएर उनको नाउँ उल्लेख गरिएको छ । शामुएल अगमवक्ताद्वारा उनी राजा अभिषेक गरिएतापनि राजा हुनको निम्ति दाऊदले १५ वर्ष पर्खनु परेको थियो । ३० वर्षको उमेरमा उनी हेब्रोनमा यहुदाको राजा अभिषेक गरिए । भौतिक समृद्धिको युगको स्थापना गर्न उनी नै पहिलो इस्राएलको राजा भए ।

उनी सिद्ध जीवन जिएका मानिस त थिएनन् तर उनका सुद्ध ह्दय थियो भन्ने कुरामा कुनै दुईमत भने छैन । दाऊद जति धेरै सफल मानिस भएर इतिहासमा उदाउँदै गए, त्यति नै धेरै नैतिक शिक्षा परीक्षाहरूबाट उनी जाँचिएर गए । हरेक मानिसको जीवनमा अन्धकारका क्षेत्रहरू पनि हुन्छन् भने झैं दाऊदमा धेरै कुराका असल हुँदा हुँदै पनि उनीभित्रको यौनको पापसँग दाऊदले संघर्ष गरिरहेको कुरा दोस्रो शामुएल एघार अध्यायमा भएको दाऊदको बतशेबासँगको यौन प्रसङ्गले प्रष्ट पार्दछ । परीक्षाले बलियो विश्वासी भन्दैन । झन् बढ्ता परीक्षा आत्मिकी मानिससँग प्रवल भएर आइरहन्छ । एउटा विज्ञापन जस्तै त्यसले हामीलाई लोभ्याई रहन्छ । यसैले त विश्वासमा बलियो छु भनेर कहिल्यै घमण्ड गर्नु हुँदैन । दाऊदको त्यही कमजोरीबाट शैतानले दाऊदको सामर्थतालाई परास्त गर्ने युक्ति लिएर आयो ।

दाऊदले करारको सन्दुकलाई येरुशलेममा पवित्र वासस्थानको विशेष पालमा ल्याए र त्यसै समयेखि उनले शहरको धार्मिक महत्वको जग बसाले । भौतिक र धार्मिक संमृद्धिको उच्चतम समयमा दाऊद बतशेबासँग ब्यभिचार गरेर परमेश्वरको विरुद्धमा पाप गरे । मानिसको सफलतामा जति परीक्षाहरू अरु बेला कहिल्यै आउँदैन । नातान अगमवक्ताले उनको गल्तीलाई कथाको शैलीमा देखाईदिंदा उनले आफूले गरेको पापको निम्ति परमेश्वरको अघि पश्चाताप गरे । त्यही पापले उनको परिवारमा ल्याएको ध्वंसात्मक परिस्थितिहरूले आज हामीलाई एउटा नयाँ शिक्षा दिन्छ । ब्यभिचारको पापको कारण दाऊदको परिवारमा मात्र समस्या आएको थिएन तर त्यसले उनको राज्यमा पनि गम्भिर नकारात्मक प्रभाव पार्यो। दाऊदले पाप गर्नेछन् भन्ने जानेर पनि परमेश्वर स्वयंम्ले प्रतिज्ञा गर्नुभयो, “मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मानिस पाएँ, जसले मेरा सबै इच्छा पुरा गर्नेछ” १ शामुएल १३ः १४, प्रेरित १३ः २२ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...