२०८१ चैत्र ३०, आइतवार
2025 April 13, Sunday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न

२०७६ माघ १६ गते, ललितपुर । नेपालमा कार्यरत रहेका बिभिन्न एनजिओ, आइएनजिओ, संघसंस्था तथा समुदायहरूमा वित्तीय तथा लेखा शाखामा कार्यरतहरूका साथै व्यवस्थापन अध्ययन गरी यसै पेशामा लाग्न चाहेका व्यक्तिहरूको क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखी विभिन्न संस्थाहरूसँगको समन्वयमा Nepal Association of Christian Accountants (NACA)द्वारा ललितपुरमा यही माघ १२ र १३ गते (जनवरी २६ र २७ तारिख)का दिन लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी दुई दिने सो तालिममा ३२ जना सहभागीहरू रहेका थिए । तालिममा लेखा व्यवस्थापनको साथसाथै कर, सामाजिक सुरक्षा कोष, लेखा परिक्षण, संस्थाको आन्तरिक सुशासन तथा दातृ निकायसँगको सम्बन्ध सुमधुर बनाउने उपायहरू लगायतका विषयहरूमा अभ्यास, अन्तरक्रियात्मकका साथसाथै छलफलका शैलीमार्फत सिकाइएको थियो ।

स्मरण रहोस् Nepal Association of Christian Accountants (NACA) चाहिँ लेखा तथा वित्तिय ब्यवस्थापनमा आवद्ध पेशाकर्मीहरूको एक झुण्ड हो, जसले लेखा तथा वित्तिय ब्यवस्थापन सम्बन्धी सेवाहरू नेपालभर प्रदान गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भई आफ्ना सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...