२०७६ माघ ७ गते, काठमाडौं । नेपालमा कार्यरत ख्रीष्टियन वकिलहरू, ख्रीष्टियन प्रहरीहरू र ख्रीष्टियन पत्रकारहरूको संगति विगत एक वर्ष अघिदेखि हुँदै आएको भएतापनि हिजो मिति २०७६ माघ ६ गतेदेखि विधिवत रुपमा संगठित भएको छ ।
काठमाडौंको लाजिम्पाटमा हिजो नेपालमा कार्यरत ख्रीष्टियन वकिलहरू, ख्रीष्टियन प्रहरीहरू र ख्रीष्टियन पत्रकारहरूको भएको एक भेलाले एल.पि.जे. फेलोसिपको एक तदर्थ समिति गठन भएको छ । अधिवक्ता दिनानाथ न्यौपानेको संयोजकत्वमा ११ सदस्यीय एक तदर्थ समिति गठन भएको हो । त्यस तदर्थ समितिको सचिवमा अधिवक्ता रामेश्वरी जोशी, कोषाध्यक्षमा अधिवक्ता सागर बहादुर राय, नेपाल प्रहरीको तर्फबाट बालकृष्ण जर्गा मगर र पत्रकारको तर्फबाट कुमारसिंह बिष्ट सहसंयोजकमा छानिनुभएको छ । त्यसैगरी सदस्यहरूमा प्र.नि. विष्णु बि.क, अधिवक्ता भविन्द्र राई, पत्रकार गणेश श्रेष्ठ, अधिवक्ता डा. मदन थापा, बाबुलाल स्याङ्गबा, दिनेश श्रेष्ठ छानिनुभएको छ । साथै अधिवक्ता कैलाश सशाङ्करलाई प्रमुख सल्लाहकारका रुपमा र अधिवक्ता केदार खड्कालाई सल्लाहकारका रुपमा पनि चयन गरिएको छ । आगामी दिनमा आवश्यकता अनुसार कार्यसमिति र सल्लाहकार समिति विस्तार गर्न सकिने जनाइएको छ ।
स्मरण रहोस् अधिवक्ता रामेश्वरी जोशीको अग्रसरतामा नेपालमा कार्यरत ख्रीष्टियन वकिलहरू, ख्रीष्टियन प्रहरीहरू र ख्रीष्टियन पत्रकारहरूको एक वर्षअघिदेखि नियमति संगति हुँदै आएको थियो । यस एल.पि.जे. फेलोसिप नेपाल गठन हुनुको उद्देश्य देशको मूल कानुनको रुपमा रहेको संविधानमा उल्लेखित मौलिक हकसँग बाँझिने गरी परमेश्वरको धार्मिकता विरुद्ध बनेको कानुनलाई बदर घोषण गराउन र परमेश्वरको धार्मिकताका खातिर सतावटमा परेकाहरूलाई कानुनी उपचार गरी उहाँहरूलाई सहायता गर्नका लागि बनेको हो भन्दै सो भेलामा यसका अभियन्ता अधिवक्ता रामेश्वरी जोशीले स्पष्ट पार्नुभएको थियो । साथै उहाँले कार्यरत ख्रीष्टियन वकिलहरू, ख्रीष्टियन प्रहरीहरू र ख्रीष्टियन पत्रकारहरूलाई यस अभियानमा जोडिन आब्हान समेत गर्नुभएको छ ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४