२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

मण्डलीको मिसन धर्म परिवर्तन होइन जीवन र समाज परिवर्तनका लागि निर्दिष्ट हुनु पर्दछ

आज संसारमा कुल जनसंख्याको ३२ प्रतिशत मानिसहरू ख्रिस्टियन धर्ममा आस्था राख्छन् अनि विश्वको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी मानिसहरू ख्रिस्टियन रहेका छन् । आज संसारमा चाहेर पनि कसैले अरुको धर्म परिवर्तन गर्न र गराउन सक्दैन किनभने हरेक व्यक्ति आफैमा एक पूर्ण र विवेकशील हुन्छ, उसलाई आफ्नो जीवनको महत्व थाहा हुन्छ अनि आफु, आफ्नो परिवार, समाज अनि देशका बारेमा सजग रहेको हुन्छ । मानिस शरीर, प्राण अनि आत्मा गरी तीन प्रमुख शक्तिद्वारा चलिरहेको हुन्छ । शरीर र प्राणले मात्र चलिरहदा मानव जीवन उ पूर्ण भएको महशुस गर्न सक्दैन, उसलाई आत्मा अनि त्यसको ज्ञान र त्यहि ज्ञानबाट स्वचालित हुनु आवश्यक छ । जब मानिसलाई आफ्नो जीवनको उत्पत्ति र यात्राका बारे बोध हुन्छ अनि यो जीवन कहानी र अर्थबारे गहिरो रुपमा जान्न चाहन्छ, त्यसपछि नै परमेश्वरको डर र भयमा आफुलाई पाउँछ र रमाउन थाल्छ । जीवन र जगत मानिसको आफ्नो सोंच र दर्शन नभएर यो त परमेश्वरको महान योजना अनि आज्ञा हो, जसद्वारा हामी आज मानव भएका छौं । यो मानवले आफ्नो इच्छा अनुरुप जीवन चलाउने कारणले गर्दा संसारमा आज सयांै प्रकारका झगडा, वैमनश्यता, डाह, आर्थिक, सामाजिक, राजनैतिक द्वन्द्व, धार्मिक अविश्वास अनि मत मतान्तरहरूको विकास आदि जस्ता परमेश्वरको इच्छा विपरितका कुराहरू भैरेहेका छन् ।

नेपालमा सदियौंदेखि स्थापित मानव निर्मित परम्परा र अन्ध विश्वासले गर्दा पहिलो पुस्ताले अंगालेको सनातनरुपी आस्थालाई नै दोस्रो तेस्रो पुस्ताले अंगाल्नु पर्ने कुनै नियम कानुन छैन तर मानिसले आफ्नो खुशी अनुरुप हेर्ने दृष्टिकोणलाई यथावत राख्ने प्रयास मात्र गरेको र त्यसैको प्रभाव सरकारमा पनि जमेको पाइन्छ किन कि सरकार, सत्तामा रहने मानिसहरू पनि त सोहि समाजकै सदस्य नै हुन् । विगत ७५ वर्षको इतिहासलाई नियाल्ने हो भने नेपालमा समाज परिवर्तनको गति अनि विकासका थुप्रै नयाँ आयामहरूले स्थान नपाएको होइन तर सबै विकासले मानवलाई अन्तस्करणसम्म छुन भने केहि बाँकी नै छ । मानव सभ्यतालाई आधुनिक टेक्नोलोजीले एडभान्स बनाए पनि आत्मिक रुपमा मानिस ठिक रहन ईश्वरको आदेश पालना गर्नै पर्ने हुन्छ र यो बिना मानिस असल र खराबको बीचको फरक ठम्याउन पनि सक्षम हुदैन । के असल र के खराब छ भन्ने कुरा केवल परमेश्वरको विधि र विधानमा हुन्छ । मानिस असल बाटोतिर जान्छु भनेर मात्र पुग्दैन परमेश्वरको आज्ञालाई पालन गर्नु पर्दछ । अनि यो आज्ञा पालन गर्नु भनेको परमेश्वरलाई चिन्नु र पछ्याउनु हो अनि सो अनुसार जीवन जिउनु हो । नेपाली समाजको पुरातन सोंच र नीति नियमहरूका कारण आज पनि धेरै मानिसहरू प्रताडित भइ रहेको अवस्था छ । सामाजिक मूल्य मान्यताहरू समाजका केहि व्यक्तिहरूले आफ्नो इच्छाअनुरुप बनाउने अनि अरुले पालना गर्नु पर्ने बाध्यता छ । यस्ता समाजमा जकडिएका मानव निर्मित नियमहरू परमेश्वरको नियम विपरित भएकोले मानिसहरूले आफ्नो जीवन परिवर्तन गर्न खोज्दा परमेश्वरलाई भेट्टाए अनि जीवन परिवर्तन हुन्छ यो जीवन परिवर्तनलाई अरुले धर्म परिवर्तन भनेर आरोप लगाउनु भनेको गलत हो र यो धर्म परिवर्तन भन्नुको सट्टा बरु किन जीवन परिवर्तन गरेको र गराएको भनेर सरकार अनि समाजका बरिष्ठ जनबाट सातवट आयो भने सान्दर्भिक हुन्थ्यो होला । मानिसले म आफु परमेश्वरको नजिक जान्छु, अनि समाज र देशको लागि काम गर्छु भन्ने भावना बोकेर जिएको जीवनलाई धर्म परिवर्तन गरेको जीवन भन्ने कि समाज र देशका लागि केहि गर्न खोजेको भन्ने ? यस प्रश्नको उत्तर हामी तमाम ख्रीष्टियनहरू बीच छ र हामीले पनि आफ्नो जीवन परिवर्तनको गवाही दिंदै स्थानीयदेखि केन्द्र तहको सरकारी निकायसँग राम्रो सहकार्य गर्दै जानु नो आजको आवश्यकता हो । हामीले भन्न सक्नु पर्दछ कि हामीले धर्म होइन जीवन परिवर्तन गरेका छौं र यो परिवर्तनले समग्र समाज र देशको परिवर्तन सकारात्मक रुपमा गर्दछ र नेपाली मण्डलीले गर्ने सेवामा सरकार पनि हातेमालो गर्न असल हुन्छ भन्ने सन्देश जताततै दिनु पनि आवश्यक छ । साथै पवित्रशास्त्र बाइबलले हामीलाई आदेश गरे अनुसार हामीहरु देशका उच्च अधिकारीहरू, सरकार अनि प्रशासकहरूको लागि प्रार्थना गरिरहनु पर्दछ अनि हामी रहेको स्थानमा हामी नुन र ज्योति बन्नु अपरिहार्य छ । अतः हामी ख्रीस्टका जनहरूले जहाँ जसले जे भनेर सातवट गरेतापनि हामी हाम्रो जीवन परिवर्तन गरेका अनि सो अनुसार समाज र देशमा पनि परिवर्तन गर्ने बाहक हौँ भन्ने प्रमाण दिन तयार हुनु पर्ने छ ।

जीवन परिवर्तन अनि समाजमा शान्ति अमन चैन भएका प्रमाणहरू निम्न अनुसार दिन सक्नु पर्दछः

ख्रीस्टलाई चिनेर समाजमा मण्डली जाने अनि आफ्नो विश्वासमा लाग्ने भएकाहरूले अनन्तको शान्ति पाएका छन् ।

समाजमा जातभात र छुवाछुतबाट अजित भएका जनताहरूले मण्डलीको समाजमा समावेशिता भएको अनुभव गरेका छन् ।

समाजमा रहेका टुहुरा, अति विपन्न र सीमान्तकृत धरातलमा रहेका मानिसहरूले आफ्नो आत्म सम्मान पाएको अनुभव गरेका छन् ।

समाजमा आर्थिक विपन्नताका कारण शिक्षा हासिल गर्न नसकेका वर्गका लागि मण्डली र संघ संस्थाहरू बरदान सावित भएका छन् ।

स्वास्थ्य सेवा, शिक्षा, समावेसी विकासका क्षेत्रमा राम्रा कामहरु भएका छन् ।

व्यक्तिको आत्म ज्ञान र आत्मिक विकासको कारण समाजभित्र घट्ने नकारात्मक घटनाहरूको न्यूनीकरण भएको छ ।

मानिसको जीवनमा धेरै रुपान्तरण भएको छ जसले गर्दा परिवार, समुदाय र समाज आत्मिक अनुशासन भएको र अरुलाई पनि साक्षी बन्ने वातावरणको निर्माण भएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बारेमा राम्रो सञ्चार भएको र धेरै मिसिनरीबाट देशमा सेवा भइरहेको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...