२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

एन.सि.एफ.ले प्रार्थना दिवसको रुपमा आफ्नो स्थापनाको ६१औं वर्ष मनायो

काठमाडौं, २०७६ पुस २२ गते । नेपाल राष्ट्रिय मण्डली सङ्गतिले आज काठमाडौंमा एक प्रार्थना भेलाको आयोजना गरी प्रार्थना दिवसको रुपमा आफ्नो स्थापनाको ६१औं वर्ष मनाएको छ ।

नेपाली मण्डलीहरूको छाता संगठनको रुपमा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली सङ्गति गरिमामय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो संस्था ईश्वी सम्बत् १९६० जनवरी ७ तारिखको दिन एन.सि.एफ. (नेपाली ख्रीष्टियन फेलोसिप)को रुपमा स्थापना भएको हो । त्यसैले एन.सि.एफ.नेपालले हरेक वर्ष जनवरी ७ तारिखका दिनलाई प्रार्थना दिवसको रुपमा मनाउँदै आएको छ । यसै सन्र्दभमा आज ईश्वी सम्बत् २०२० जनवरी ७ तारिखका दिन काठमाडौंको वेथशालोम पुतली सडक चर्चमा संस्था स्थापनाको ६०औं वर्ष पार गरी ६१औं वर्षमा लागेको अवसर पारी वार्षिक प्रार्थना भेला सम्पन्न गरेको छ ।

आज बिहान ११ बजे शुरु भई अपरान्ह २ बजे सम्पन्न भएको सो प्रार्थना भेलामा एन.सि.एफ.नेपालका अध्यक्ष रेभ.पास्टर हनोक तामाङले स्वागत मन्तव्य राख्नु हुँदै संस्थाको भावी कार्य दिशाको बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले वर्तमान परिस्थितिमा सम्पूर्ण मण्डली, संघ, संस्था समुदायहरूका वीच नेपाली ख्रीष्टियन समुदायको हक र हितको लागि एकताको विकल्प नरहेको बताउनु हुँदै एन.सि.एफ. नेपाल एकताको लागि अभिभावकत्वको भूमिका निर्वाह गर्न साथै होचिन, बढ्न, कार्यगत एकता लगायत जुन सुकै परिस्थितिको सामना गर्न तयार रहेको बताउनु भएको थियो ।

त्यस प्रार्थना भेलामा वेथशालोम पुतलीसडक चर्च  का वरिष्ठ पास्टर तथा एन.सि.एफ.नेपालका सल्लाहकार रेभ. देव कुमार क्षेत्रीले पहिलो इतिहास ४ अध्यायको ९ र १० पदबाट प्रार्थनाको विषयमा परमेश्वरको शक्तिशाली वचन प्रचार गर्नुभएको थियो । त्यसपछि लगत्तै विभिन्न समूहमा विभाजित भएर विविध विषयहरूमा प्रार्थना गरिएको थियो । सो प्रार्थना भेलालाई एन.सि.एफ.नेपालका महासचिव पास्टर शेरबहादुर ए.सी.ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो । उहाँले प्रार्थनाको महत्वलाई जोड दिंदै सन् २०२० लाई प्रार्थनाको वर्षको रुपमा घोषणा गर्न अपिल गर्नुभएको थियो ।

अन्त्यमा संस्थाको उपाध्यक्ष रेभ. वीरवहादुर कार्कीले उपस्थित सबैलाई धन्यवाद दिनु हुँदै अन्तिम प्रार्थना गरेर भेलालाई समापन गर्नुभएको थियो । सो प्रार्थना भेलामा करीब १५० जना पास्टर अगुवाजनहरूको उपस्थिति रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...