२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

विभिन्न निर्णय गर्दै महासंघको विशेष कार्यसमितिको बैठक सम्पन्न

काठमाडौं, पौष १४, २०७६ । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रिय विशेष कार्यकारी समितिको बैठक हिजो आईतबारका दिन विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।


महासंघको कार्यालय सातदोबाटोमा सम्पन्न बैठकले ख्रीष्टियनहरुको तथ्याङ्क सङ्कलनका सम्बन्धमा सबै मण्डली तथा संघसंस्था साथै विभिन्न सम्प्रदायहरुसँग सहकार्य गरेर महासंघको नेतृत्वमा तत्काल त्यस कार्य अघि बढाउने निर्णय गर्दै उपमहासचिव पा.धनराज घिमिरेको संयोजकत्वमा सहअध्यक्ष रिता थापा मगर र सदस्य सचिव पा.कर्णलाल पाण्डे रहने गरी तीन सदस्यीय मुल कमिटी गठन गरेको छ । त्यसैगरी समन्वयको लागि रेभ.फिलेमोन खड्का क्षेत्री, उपमहासचिव एवम् प्रवक्ता रेभ.उद्धव चिमोरिया र सचिव पा.प्रेम कार्कीलाई जिम्मेवारी दिइने निर्णय समेत गरेको छ । संकलित तथ्याङ्कको विवरण र कागजातको सम्पादनका लागि संयोजकको रुपमा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्केलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।


त्यस बैठकले महासंघको विधानको धारा १७ को २ बमोजिम केन्द्रिय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख प्रकाश विशुन्के र केन्द्रिय सदस्य चित्ररेखा ओझा राईलाई सहसचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको छ भने ललितपुर जिल्लाको महिला विभागकी सदस्य विष्णु कुमारी कार्कीलाई पनि केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।


सो बैठकले महासंघका उपमहासचिव धनराज घिमिरेले कार्यकारी निर्देशकको पदबाट दिनुभएको राजीनामा पनि स्वीकृत गरेको छ भने बैठकले ख्रीष्टमस २०७६ को पूर्व सन्ध्यामा आयोजित खेलकुद विभागको म्याराथन दौड, युवा विभागको मोटरसाइकल र्याली, महिला विभागको शुभकामना आदान प्रदान कार्यक्रम साथै पुस ९ को विशेष ख्रीष्टमस महोत्सव २०७६ भव्य रुपमा सम्पन्न भएकोमा परमेश्वरलाई धन्यवाद दिदै, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन लगायतका विशिष्ट अतिथि लगायत कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद दिएर धन्यवाद प्रस्ताव पारित गरेको छ ।


बैठकमा सुरुको प्रार्थना सहअध्यक्ष पा. तेजमान तामाङले गर्नुभएको थियो भने सञ्चालन सचिव पा. प्रेम कार्कीले र आराधनाको अगुवाइ पा. करण सिलवालले गर्नुभएको थियो । गैर—आवासीय तथा प्रवासी समन्वय विभागका सचिव तथा हङकङ काउन्सिलका रेभ.पा.राजु बराइलीले वचनबाट उत्साह दिनुभएको थियो । महासंघका अध्यक्ष सि. बि. गहतराजले सबैलाई प्रभावकारी ढंगले जिम्मेवारी निभाउन निर्देशन दिँदै बैठक समापनको घोषणा गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...