काठमाडौं, २०७६ पुस ९ गते । आज डिसेम्बर २५ तारिख वडादिन ख्रीष्टमसको अवसरमा धुमधामका साथ ख्रीष्टजन्मोत्सव उत्सव विश्वभर मनाइदैछ । सोहि अवसर पारेर नेपालमा पनि ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टमस मनाइदैछ ।
ख्रीष्टमसको अवसरमा नेपाल सरकारले जसरी पनि सार्वजनिक विदा दिन्छ भन्ने आम नेपालीको अनुमान विपरित यस वर्ष पनि सरकारले सार्वजनिक विदा दिएन । तरपनि नेपालमा रहेका ख्रीष्ट विश्वासीहरूले धुमधामका साथ ख्रीष्टजन्मोत्सव मनाउँदै येशू सारा मानव जातिको पाप क्षमाका लागि यस संसारमा मानव बनेर जन्म लिनु भएको महान घटनाको स्मरण गर्दै ख्रीष्टमस मनाइदैछ । विभिन्न स्कुल कलेजमा ख्रीष्टमसको दिनमा पनि परीक्षा राखेर ख्रीष्टियन विद्यार्थीहरूले आफ्नो आस्था अनुसारको उत्सव मनाउन नपाएको भन्दै विभिन्न ख्रीष्टियन संघसंस्थाहरूले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको भएतापनि नेपाल सरकारका साथै सम्बन्धित निकाय गम्भीर नभएकोले यस वर्ष पनि कयौं ख्रीष्टियन बालबालिकाहरू आफ्नो अभिभावक तथा परिवारका साथ उत्सव मनाउने क्षणबाट बञ्चित हुनु परेको छ ।
यस वर्षको ख्रीष्टमस उत्सवको अवसरमा नेपाल लगायत विश्वभर रहेका चर्चहरूले आफ्नै तरिकाले ख्रीष्टमस मनाइदै गर्दा त्यसै अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज दिउँसो ३ः०० बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा ख्रीष्टजन्मोत्सव मनाउन लागिएको जनाएको छ । सो उत्सव समारोहमा सहभागी हुन सबैलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आग्रह गरेको छ ।
ख्रीष्टमसको अघिल्लो दिन हिजो राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको युवा विभागले राजधानी काठमाडौंमा ख्रीष्टमस शुभकामना मोटरसाइकल र्यालीको आयोजना समेत गरेको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४