२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नमूना ख्रीष्टियन समुदायको ख्रीष्टमस शुभकामना आदान प्रदान सम्पन्न

काठमाडौं, २०७६ पुस ६ गते । ललितपुरको भैंसीपाटी र आसपासमा रहेका विभिन्न चर्चहरू मिलेर बनेको नमूना ख्रीष्टियन समुदायको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम आज पुस ६ गतेका दिन भैंसीपाटीस्थित क्वालिटी बैकेटमा सम्पन्न भएको छ ।


नेपाल कम्युनिष्ट पाटीकी प्रभावशाली नेतृ तथा यस क्षेत्रकी सांसद रहेकी पम्पा भुसालको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा रेभ. प्रकाश सुब्बाले परमेश्वरको वचनबाट ख्रीष्टमसको सन्देश बाँड्नु भएको थियो भने प्रमुख अतिथि पम्फा भुसालले ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी प्रदेश सांसद, नेपाली कंग्रेसका स्थानीय नेता, ललितपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष लगायतकाहरूले पनि ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नुभएको थियो ।


नमूना ख्रीष्टियन समुदायको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा एनसिएफ नेपालका अध्यक्ष रेभ. हनोक तामाङ, एनसिएसका महासचिव पास्टर डिल्लीराम पौडेल, राष्ट्रिय चर्च महागुठीका सहअध्यक्ष रेभ. इन्द्र थापा लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थयो । पास्टर पदम पराजुली र पास्टर किरण दासले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पास्टर मिनराज दुलालले अतिथि पाहुना लगायत सबैलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभएको थियो ।


सो कार्यक्रममा नेपाल राष्ट्रको लागि समेत प्रार्थना गरिएको थियो, सो प्रार्थनालाई पास्टर चन्द्रमान नेपालीले अगुवाई गर्नुभएको थियो । नमूना ख्रीष्टियन समुदाय अन्तर्गत रहेका विभिन्न मण्डलीहरूको विभिन्न गीत, नृत्य लगायतका प्रस्तुतिहरू पस्किएको सो कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तब्य यसै समुदायका अध्यक्ष रेभ. शामुएल सोदेम्बाले राख्नुभएपछि पा. उदयराय भाटले अन्तिम प्रार्थना गर्नुभएसँगै कार्यक्रम समापन भएको थियो ।


६० वटा भन्दा बढी मण्डलीहरू आवद्धता रहेको नमूना ख्रीष्टियन समुदायले आयोजना गरेको यस ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरू उत्साहजनक सहभागिता रहेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...