२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

किर्तिपुरमा ख्रीष्टमस शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं, २०७६ पुस ६ गते । किर्तिपुर नगरपालिकाभित्र रहेका विभिन्न चर्चहरू मिलेर बनेको किर्तिपुर चर्चेज फेलोसिपको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम हिजो पुस ५ गतेका दिन सम्पन्न भएको छ ।


किर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनको प्रमुख आथित्यमा सम्पन्न भएको सो कार्यक्रममा रेभ. डा. मंगलमान महर्जनले परमेश्वरको वचनबाट सुसमाचारीय सन्देश बाँड्नु भएको थियो भने प्रमुख अतिथि तथा किर्तिपुर नगरपालिकाका मेयर श्री रमेश महर्जनले ख्रीष्टमसको शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यसैगरी त्रिविविका पूर्व उपकुलपति प्रा.डा. हिरा बहादुर महर्जन, उपमेयर श्रीमती सरस्वती खड्का, काठमाडौं महानगरीय प्रहरी वृत किर्तिपुरका प्र.ना.उ. छेदीलाल कामती, दक्षिण भेगीय प्याब्सन अध्यक्ष श्री कृष्णमान डंगोल लगायतकाहरूले ख्रीष्टमसको शुभकामना सन्देश दिनुभएको थियो ।

किर्तिपुर चर्चेज फेलोसिपको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा सुरुको प्रार्थना पा. गणेशमान महर्जनले गर्नुभएको थियो भने अतिथि लगायत सबै सहभागीलाई स्वागत मन्तब्य पा. मोहनराज शर्माले राख्नुभएको थियो । किर्तिपुरस्थित विभिन्न मण्डलीहरूको विभिन्न गीत, नृत्य लगायतका प्रस्तुतिहरू पस्किएको सो कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तब्य पा. लोकेन्द्र मल्लले राख्नुभएपछि पा. सूर्य कुमार श्रेष्ठले अन्तिम प्रार्थना गर्नुभएसँगै कार्यक्रम समापन भएको थियो ।

स्मरण रहोस्, एक हजार भन्दा बढीको सहभागिता रहेको सो कार्यक्रम पा.रुप नारायण तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...