२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको खेलकुद बिभागको म्याराथन दौड सम्पन्न

काठमाडौं, २०७६ पुस ६ गते । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको खेलकुद विभागले आयोजना गरेको म्याराथन दौड सम्पन्न भएको छ ।


ख्रीष्टमसको पूर्व सन्ध्यामा महासंघको खेलकुद विभागले आयोजना गरेको दौडमा उपत्यकाका विभिन्न मण्डलीको सहभागिता रहेको सो कार्यक्रम वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंले रिवन काटेर म्याराथन दौडको औपचारिक उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रमलाई सञ्चालन केन्द्रिय सदस्य तथा युवा विभाग सहप्रमुख ए. दिनेश कन्दङवाले गर्नुभएको थियो भने उत्साहको वचन बरिष्ठ सहअध्यक्ष डा. फिलेमोन क्षेत्रीले बाड्नु भएको थियो ।


सो अवसरमा प्रमुख अतिथि वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईंले ख्रीष्टमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले आयोजना गरेको कार्यक्रमको सफलताको कामनासँगै ख्रीष्टमसको शुभ अवसरमा समस्त नेपाली ख्रीष्टियनहरुमा शुभकामना व्यक्त गर्नुभयो । खेलकुद विभागका प्रमुख पास्टर करण सिलवालले पूर्व घोषित महासंघको सप्ताहव्यापी ख्रीष्टमस कार्यक्रम अनुसार आयोजित म्याराथन दौडले कार्यक्रम व्यवस्थित र उपलब्धिमूलक भएको बताउँदै खेलकुद क्षेत्रमा महासंघ मार्फत नयाँ कार्य गर्न थप उर्जा मिलेको बताउनुभयो ।


बिहान ७ बजे काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटल अगाडि भेला भएर सुरु भएको म्याराथन दौड माइतीघर मण्डला, सिंहदरबार, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि. बि. गहतराजले खेलकुद विभागले आयोजना गरेको म्याराथन दौड महासंघका लागि नयाँ अभ्यास भएको र ख्रीष्टमसको सन्देश सुनाउने नयाँ तरिका महासंघले अवलम्बन गरेको बताउनुभयो । अध्यक्ष गहतराजले आगामी वर्ष यस अभियानलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो । देश नै ख्रीष्टमय भएको भन्दै अध्यक्ष गहतराजले देशभर विभिन्न मण्डली, संघ संस्थाले ख्रीष्टमसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरूको सफलताको कामना समेत गर्नुभयो ।


सो म्याराथन दौडको अन्त्यमा भृकुटीमण्डपमा पुगेका सबै सहभागीलाई धन्यवाद दिएर उपाध्यक्ष पा. कृष्ण परियारले अन्तिम प्रार्थना गरी समापन गर्नुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...