२०८१ चैत्र २५, मङ्लबार
2025 April 8, Tuesday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

नेपाल राष्ट्रिय मण्डली एलायन्सको सहकार्यमा किचाई मण्डली भवन उद्घाटन

२०७६ कार्तिक २७ गते, काठमाडौं । कञ्चनपुरका उपप्रमुख रमिता राना थारुबाट कृष्णपुर नगरपालिकास्थित किचाई मण्डली भवन नेपाल राष्ट्रिय मण्डली एलायन्सको सहकार्यमा उद्घाटन कार्य हालै सुसम्पन्न भएको खबर प्राप्त भएको छ ।


सो नवनिर्मित मण्डली भवन नेपाल राष्ट्रिय मण्डली अलायन्सका कोषाध्यक्ष रेभ. विश्वदेव खड्का र कञ्चनपुर क्षेत्र नं.२ का प्रतिनिधि सदस्य माननीय नर बहादुर थामीले संयुक्त रूपमा रिबन काटी उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख वक्ता नेपाल राष्ट्रिय मण्डली अलायन्सका केन्द्रीय सहसचिव रेभ. हिमाल जोसेफ राईले मण्डली ख्रीष्ट येशुको देह भएको हुनाले मण्डली भवन सबै जातिको लागि प्रार्थनाको घर हुनुपर्ने, मण्डली हराएका मानिसहरूलाई सुसमाचार सुनाउने सुसमाचारको केन्द्र हुनुपर्ने र मण्डली आशिषको स्रोतको रुपमा रहनुपर्ने बताउनुभएको थियो । त्यसैगरी माननीय नरबहादुर थामीले नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले सबैले आआफ्नो आस्था बमोजिमको अभ्यास गर्न संविधानले व्यवस्था गरेको बताउँदै आफ्नो क्षेत्रमा अल्पसंख्यक ख्रीष्टियन समुदायलाई आफ्नो तर्फबाट भेदभाव नगरी प्रत्येक वर्ष आफ्नो क्षेत्र विकास कोषबाट चर्चको विकास र संरक्षणको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


भवन निर्माणको लागि कञ्चनपुर क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य माननीय नरबहादुर थामीले सांसद क्षेत्र विकास कोषबाट रु.१० लाख र कृष्णपुर नगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...