केपी अधिकारी । विगत एक हप्तादेखि नेपाली आकाशमा मडारिएको कालो बादलका बारेमा मोफसल, आम सञ्चार जगत, सामाजिक सञ्जाल र सरकार अनि कुटनीतिक दिर्घामा विभिन्न खाले विचार र चिन्तनहरूको बाढी आएको छ । नेपाली भूभागमा के कसरी, कति परिमाण, कति कारणले, कहिले अनि कुन कानुनको आधारमा भारतले आफ्नो सिमाना बढाएर साँध बनाएको हो अथवा चिन्ह राखेको हो, त्यसबारेमा सरकारले आफै अग्रसर भै राष्ट्रिय स्वाभिमान जस्तो गहन विषयमा खबर पाएको २४ घण्टा भित्रमा आम जनतालाई सुसुचित गराउनु पर्ने हो र जति जति यसबारे नकारात्मक धारणा पैदा हुँदै जान्छन् । त्यति त्यति नै दुई देशका बिचमा चिसो वातावरण निर्माण हुँदै गएको आभास पाइन्छ । यदि सिमानामा समस्या नै भएको छ र नेपाली भूभागको अस्मितामा अतिक्रमण नै भएको हो भने नेपाल र भारतका बिच एक उच्चस्तरीय आयोगको गठन गरेर अध्ययन गरी दिनदिनै नेपाली जनतालाई जानकारी दिने गरेमा राम्रो हुन्थ्यो कि ?
नेपाली मण्डलीले के गर्ने ?
यस बारेमा नेपाली ख्रीष्टियन समुदायले किन ढिलो गरेको होला ? जे जति ख्रीष्टियन संघ संस्था एवं मन्चहरू देशमा छन् । सबैले मिलेर एउटा राष्ट्रिय भेला गरी धारणा र प्रार्थना सहित प्रस्तुत भएमा अति नै राम्रो हुने थियो । सामाजिक सञ्जालमा व्यक्तिगत धारणाहरू पोस्ट गर्दा खासै फरक नपर्ने र फोफसलको रुपमा मात्र जाने भएकोले नेपाली ख्रीष्टियन जगतको प्रतिनिधित्व हँुदैन । यस बारेमा एनसिएफ नेपाल (भर्खरै नेपाल राष्ट्रिय चर्च अलायन्समा परिणत भएको), नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, राष्ट्रिय चर्च महागुठी नेपाल लगायत सबै मिलेर भेला आयोजना गर्ने जमर्को गरौँ र धारणा पत्र तयार गरी नेपाल सरकारलाई बुझाउन पाए अति उत्तम हुने थियो कि !
सन्दर्भः नेपाली भूभागको अस्मिताप्रति आक्रमण !
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४