२०७६ कार्तिक १७ गते, काठमाडौं । काठमाडौंका पास्टरहरूको युनाईटेड पास्टर फेलोसिप नेपालको हालै सम्पन्न भएको वार्षिक अधिवेशनबाट पास्टर कृष्ण सुवेदी अध्यक्षमा चयन हुनुभएको छ । सो अधिवेशनबाट पास्टर कृष्ण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
आज काठमाडौंको सितापाईलास्थित उज्वल महिमा मण्डलीमा सम्पन्न भएको वार्षिक अधिवेशनमा निर्वाचन प्रमुख युनाईटेड पास्टर फेलोसिप नेपालका सल्लाहकार पास्टर धन बहादुर (आमेन) थापाले निर्वाचनको प्रक्रिया सञ्चालन गर्नुभएको सो कार्यक्रमबाट पास्टर कृष्ण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो । सो फेलोसिपको नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष पास्टर डा. डिबी सुनुवार, सचिवमा पास्टर चन्द्र महतो, कोषाध्यक्षमा पास्टर आशा काजी देउला, सहसचिवमा पास्टर गौरव लामा, सहकोषाध्यक्षमा पा. रामकुमारी राई निर्वाचित हुनुभएको हो । साथै अन्य निर्वाचित सदस्यहरूमा पास्टर अष्टमाया लामा, पास्टर उन बहादुर तामाङ, पास्टर दिपक लिम्बु, पास्टर जनक बुढा मगर र पास्टर किलु शेर्पा रहनुभएको छ ।
यस फेलोसिपका सचिव पास्टर चन्द्र महतोले सञ्चालन गर्नुभएको सो कार्यक्रममा शुरुको प्रार्थना पास्टर बलराम बसेलले गर्नुभएको थियो भने अध्यक्ष पास्टर कृष्ण सुवेदीले वचनको सेवा गर्नुभएको थियो । पास्टर रेविका राई, पास्टर जितेन्द्र घिमिरे, पास्टर दिपक लिम्बु, पास्टर रामकुमारी राईले यस युनाईटेड पास्टर फेलोसिप नेपालले अहिलेसम्म गरेका कार्यहरूको चर्चा गर्दै यस फेलोसिपको खाँचो रहेको बताउनु भएको थियो । सचिव पास्टर चन्द्र महतोले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष पास्टर आशा काजी देउलाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा यस पास्टर फेलोसिपका सल्लाहकार तथा काठमाडौं इभाञ्जेलिकल मित्र मण्डलीका पास्टर धन बहादुर आमेन थापाले नवनिर्वाचितहरूका लागि समपर्णको प्रार्थनाका साथै अन्तिम प्रार्थना गर्नु भएसँगै वार्षिक अधिवेशन समापन गरिएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४