२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको नुवाकोट र रसुवा जिल्ला भेला सम्पन्न

२०७६ असोज २६ गते, काठमाडौं । राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालको आयोजनामा हिजो नुवाकोटको विदुरनगरपालिकास्थित जागृति मण्डलीमा नुवाकोट र रसुवा जिल्लाका पास्टर तथा अगुवाहरूको व्यापक सहभागितामा वृहत जिल्ला भेला सम्पन्न गरेको छ ।


सो जिल्ला भेलामा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि. वि. गहतराजले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको परिचय दिनुहुँदै महासंघले अहिलेसम्म गरेका कार्यहरू र आगामी दिनमा महासंघले गर्ने योजनाहरूका साथै नेपालभरि महासंघको विस्तार गर्नु पर्नका कारणहरू स्पष्ट पार्नु भएको थियो । त्यसैगरी सो वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा महासंघका उपाध्यक्ष पास्टर कृष्ण बहादुर परियारले परमेश्वरको वचनद्वारा उत्साह दिनुभएको थियो । साथै उपाध्यक्ष तथा महिला विभाग प्रमुख पास्टर डोमा राईले मण्डलीमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेजस्तै महासंघमा पनि महिलाहरूको सहायताका हातहरूको खाँचो औल्याउनुभएको थियो । सो भेलामा उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमौरिया, सदस्य सचिव पास्टर कर्णलाल पाण्डे लगायतले पनि आफ्ना मन्तब्य राख्नुभएको थियो ।


काठमाडौंस्थित पुनरुत्थान एकलेसिया मण्डलीका क्वायर झुण्डले आराधनामा अगुवाई गरेको सो कार्यक्रममा महासंघका सचिव पास्टर प्रेम कार्कीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालका महासचिव दिनेश श्रेष्ठले नेपाली ख्रीष्टियन समुदायमा व्यवहारिक रुपमा नै एकताको खाँचो रहेको र एकतामार्फत नै ख्रीष्टियन समुदायका हकहित प्राप्त गर्न सकिने र संरक्षण पनि हुने भएकोले सबै मिल्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभएको थियो ।


सो भेलाले पास्टर दिल बहादुर घलेको संयोजकत्वमा २५ सदस्यीय महासंघको नुवाकोट जिल्ला तदर्थ समिति गठन गरिएको छ भने पास्टर वेद बहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय रसुवा जिल्ला तदर्थ समिति पनि गठन गरिएको छ ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...