२०८१ चैत्र २८, शुक्रबार
2025 April 11, Friday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

महासंघको पत्रकार सम्मेलनः सद्भावदूतहरूको प्रथम अन्तर्राष्ट्रिय शिखर सम्मेलनबारे जानकारी

मितिः २०७६ साउन ३१ गते, काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघले आगामी नोभेम्बर ८ देखि ११ तारिख सम्ममा हङकङमा प्रवासी तथा गैह्र आवासीय समन्वय विभागले विश्वभर रहेका नेपाली भाषी मण्डलीहरूसँग सहकार्य गर्दै परमेश्वरको महिमा गर्ने प्रमुख उद्देश्य राखेर विभिन्न देशहरूमा रहेका आफ्ना सद्भावदूतहरूको प्रथम अन्तर्राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको जानकारी दिन आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्यो ।


सो पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सि.वि.गहतराजले सो शिखर सम्मेलनमा सहभागी हुन विभिन्न देशमा रहेका आफ्ना सद्भावदूतहरू लगायत सम्बन्धित पक्षलाई सहभागी हुन आव्हान गर्नुभयो । उहाँले पत्रकारहरूले उठाउनु भएका विभिन्न प्रश्नहरूको उत्तर दिने क्रममा आफूहरूसँग नेपाल सरकारले गरेको ३ र ६ बुँदे सम्झौता अक्षरस पालना गराउन यस शिखर सम्मेलनले उर्जा प्रदान गर्ने कुरा बताउनुभएको थियो । आफ्ना सद्भावदूतहरू को प्रथम अन्तर्राष्ट्रिय शिखर सम्मेलन सम्पन्न गर्न विश्वभरि रहेका नेपाली भाषी मण्डली तथा सम्बन्धित पक्षलाई आवश्यक सहयोग गर्न अपिल समेत गर्नुभयो ।


महासंघका सल्लाहकार पास्टर सोनाम टि काबोले शुरुको प्रार्थना गरी शुरु भएको सो पत्रकार सम्मेलनमा महासंघका उपमहासचिव तथा प्रवक्ता पास्टर उद्धव चिमौरियाले प्रेस विज्ञप्ति पढेर सुनाउनुभएको थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...