२०७६ साउन २७ गते, काठमाडौं । ग्रेस मिराकल मिनिष्ट्रिज नेपालले आज ललितपुरको एक पार्टी प्यालेसमा ग्रेस मिराकल मिनिष्ट्रिज नेपालको एक परिचयात्मक एवं पास्टर भेला कार्यक्रम सम्पन्न गरेको छ ।
पास्टर राजु बज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका वरिष्ठ सहअध्यक्ष रेभ. डा. फिलेमोन क्षेत्रीले परमेश्वरको वचनबाट सहभागीहरूलाई उत्साहित पार्नुभएको थियो । त्यसैगरी वेथशालोम पुतलीसडक चर्चका पास्टर देव कुमार क्षेत्री, आमुल परिवर्तन मसिहा पार्टी नेपालका अध्यक्ष भरत गिरी, जनजागरण पार्टी नेपालका सुनिल महर्जन लगायतका महानुभावहरूले यस गे्रस मिराकल मिनिष्ट्रिज नेपाललाई आगामी दिनको सेवकाइको यात्रा सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।
यस मिनिष्ट्रिजका संयोजक पास्टर राजु बज्राचार्यले ग्रेस मिराकल मिनिष्ट्रिज नेपालको परिचय दिनुहुँदै केही समय पहिले गोरखामा भएको चंगाई कार्यक्रमका बारेमा जानकारी दिनुका साथै आगामी दिनमा गरिने कार्यक्रम तथा गतिविधिहरूमाथि प्रकाश पार्नुभएको थियो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा विगतमा आफू संयोजक रहेको राष्ट्रिय ख्रीष्टियन एकता अनुरोध समिति नेपाल मार्फत गरिएका कतिपय कार्यक्रम तथा भेटघाट गर्दा बोलिएका भाषा एवं शब्दहरूले कतिपयलाई चोट पु¥याएकोमा क्षमा याचना समेत गर्नुभयो ।
कुमार सुनाम अब्राहामले सञ्चालन गर्नुभएको सो कार्यक्रममा पास्टर विरु तामाङले शुरुको प्रार्थना गरेलगत्तै कार्यक्रम शुरुवात भएको थियो । प्रशन्न रोफेका चर्च नेपालका युवा अगुवा हनोक बज्राचार्यले आराधनामा अगुवाई गर्नुभएको थियो । पास्टर गणेश थामी तितसले स्वागत मन्तब्य राख्नुभएको सो कार्यक्रममा कार्यक्रमको अन्तमा पास्टर ओम कुमार श्रेष्ठले सहभागी लगायत सबै पक्षलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमको अन्तमा पास्टर देव कुमार क्षेत्री र रेभ डा. फिलेमोन क्षेत्रीले अन्तिम प्रार्थना र आशिषको प्रार्थनामा अगुवाई गर्नुभएपश्चात कार्यक्रम समापन गरिएको थियो ।
१२ बैशाख २०७७, शुक्रबार १९:३०
२७ माघ २०७५, आईतवार २१:१४