२०८१ पुस ८, सोमवार
2024 December 23, Monday
BREAKING NEWS

सकारात्मक परिवर्तनका लागि खबर - ख्रीष्टियन खबर

काठमाडौंमा एक दिने ‘मण्डली वृद्धि’ सम्मेलन सम्पन्न


६ साउन ०७६, काठमाडौं, प्रेम जैरु । होसन्ना मिनिष्ट्रिज नेपालको आयोजनामा एक दिने चर्च ग्रोथ सम्मेलन आशिषमय प्रकारले होसन्ना चर्च जोरपाटीमा सम्पन्न भएको छ ।

सम्मेलनका प्रमुख वक्ता सिङ्गापुरबाट आउनुभएका पास्टर मेङ हाउ टियोले दिनभरि वचनबाट सिकाउनु भएको थियो । उहाँले मण्डली वृद्धि विषयमा तीन वटा सेसनमा सहभागीहरूलाई सिकाउनु भयो । उहाँले पहिलो सेसनमा मण्डली वृद्धि किन आवश्यक छ भन्ने बारेमा बोल्नुभएको थियो । उहाँले मण्डली वृद्धि हुनका लागि वरदानलाई प्रयोग गर्नुपर्दछ भन्नु हुँदै मण्डली वृद्धि कसरी हुन्छ भन्ने सन्दर्भमा बाइबलबाट केही उदाहरण समेत दिनुभयो । साथै उहाँले आफ्नो मण्डली वृद्धि कसरी भयो भन्ने बारेमा मण्डलीको गवाही समेत बताउनु भएको थियो । आजभन्दा ३० वर्ष पहिले २० जना जवानबाट शुरु भएको मण्डलीमा १७ हजार विश्वासी भएको चुनौतीपूर्ण गवाही बाँड्नु भएको थियो । यो पहिलो सेसनको कक्षालाई सुवास प्रधानले नेपालीमा अनुवाद गर्नुभएको थियो ।


दोश्रो सेसनमा चेलापनको सम्बन्धमा वक्ता टियोले सिकाउनुभएको थियो । चेलापनका बारेमा सिकाउनु हुँदै वक्ता टियोले येशूको बाह्र चेलाको चरित्र र याकुबका बाह्र कुलको घटनालाई लिएर स्पष्टसँग बताउनुभएको थियो । यो दोश्रो सेसनको कक्षालाई पास्टर योगेन्द्र थापाले उल्था गर्नुभएको थियो । त्यसैगरी तेश्रो तथा अन्तिम सेसनमा उहाँले अभिषेकको प्रार्थनाका साथै मण्डली वृद्धिका लागि परमेश्वरबाट ताजा प्रकाश चाहिन्छ भन्ने उत्साह दिनुभएको थियो । यो सेसनलाई नेपालीमा उल्था पास्टर केशव आचार्यले गर्नुभएको थियो ।


कार्यक्रमको अन्तमा कार्यक्रमको समिक्षा गर्दै पास्टर शामुएल तामाङ र पास्टर रोहित ढकालले यस्तो कार्यक्रम नेपालमा भइरहनु पर्दछ र यस्ता खालको मण्डली वृद्धि सम्मेलनको नितान्त आवश्यक छ भन्नु हुँदै उपस्थितहरूलाई उत्साह दिनुभएको थियो । साथै सम्मेलनमा सहभागीहरूले यो सम्मेलन निकै आशिषमय भएको कुरा बताएका छन् ।


स्मरण रहोस् यो चर्च ग्रोथ सम्मेलन होसन्ना चर्च जोरपाटीले आयोजना गरेको हो भने यस सम्मेलनको संयोजन पास्टर राजु सुन्दासले गर्नुभएको हो । उहाँले कार्यक्रमका विच विचमा उत्साहका केही शब्दहरू बोल्नु हुँदै यस्तो खालको मण्डली वृद्धि सम्मेलनको आवश्यकता देखेर नै यो सम्मेलन गरिएको स्पष्ट पार्नु भएको थियो । उक्त सम्मेलनमा विभिन्न असी वटा मण्डलीबाट २३० जना पास्टर तथा अगुवाहरूको सहभागिता थियो ।

यात्रा अनुभूति: रसुवाको यात्रामा भेटिएका आइतरामको पीडामय कथा

– हरि जिज्ञासु जीवनमा धेरै ठाउँमा यात्रा गरेको छु । हरेक यात्रामा हरेक थरिका मान्छेहरू भेटेको छु र हरेक मान्छेका हरेक...

कविता: येशुमा फर्की आऊ

सन्सारले साँचो प्रेम गर्दछ भने अगाप्पे...

कथा, यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै...